राष्ट्रपति भेटेर फर्किए प्रधानमन्त्री प्रचण्ड

राष्ट्रपति भेटेर फर्किए प्रधानमन्त्री प्रचण्ड

केन्द्रबिन्दु
308
Shares

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग ताजा राजनीतिक घटनाक्रमबारे छलफल गरेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड शीतल निवासबाट फर्किएका छन् । नयाँ गठबन्धनको सबै तयारी सकेपछि दाहालले राष्ट्रपतिसँग भेट्न समय मागेका थिए ।

नेपाली कांग्रेस सहितका दलहरुलाई नयाँ गठबन्धनबारे कुनै जानकारी नै नदिइ दाहालले एमाले सहितका दलहरुको गठबन्धन बनाएको एकिकृत समाजवादीले प्रतिक्रिया दिएको छ । आफ्नै नेतृत्वमा सानो मन्त्रीमण्डल गठन गर्ने अन्तिम तयारी गरेपछि दाहाल राष्ट्रपति भेट्न शीतल निवास पुगेका थिए ।

नयाँ गठबन्धन बनेपछि प्रधानमन्त्री प्रचण्डले सोमबारै गठबन्धनमा सहभागी हुने दलहरू समेटेर मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारी गरेका छन् ।

Logo