प्रधानमन्त्री प्रचण्ड माधव नेपाललाई भेट्न किन पुगे कोटेश्वर ?

प्रधानमन्त्री प्रचण्ड माधव नेपाललाई भेट्न किन पुगे कोटेश्वर ?

केन्द्रबिन्दु
224
Shares

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको स्वास्थ्यलाभको कामना गर्न आज साँझ उनको निवास कोटेश्वर पुगेका छन् ।
केही दिनदेखि बिरामी भएर घरमा आराम गरिरहेका अध्यक्ष नेपाललाई प्रधानमन्त्री दाहालले कोटेश्वर निवास पुगेर स्वास्थ्यलाभको कामना गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए । प्रधानमन्त्री दाहालका साथमा नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ पनि अध्यक्ष नेपालको निवास कोटेश्वर पुगेका थिए ।

Logo