गठबन्धनबारे नागरिक उन्मुक्ति पार्टी पनि छलफलमा

गठबन्धनबारे नागरिक उन्मुक्ति पार्टी पनि छलफलमा

केन्द्रबिन्दु
98
Shares

काठमाडौं । सत्ता समीकरण फेरिएपछि नागरिक उन्मुक्ति पार्टी पनि आन्तरिक छलफलमा जुटेको छ । समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल गर्न अध्यक्ष रेशमलाल चौधरीले आकस्मिकरुपमा केन्द्रीय कार्यसमितिको बैठक बोलाएका छन् ।

बैठक विहान १० बजे काठमाडौंमा बस्नेछ । बद्लिएको राजनीतिक समीकरणपछि आगामी राजनीतिक कदम तय गर्न पार्टीका पदाधिकारी, प्रदेश र संघका सबै सांसदहरूलाई छलफलमा बोलाएको छ ।

‘बदलिएको राजनीतिक घटनाक्रमबारे छलफल गर्न बैठक बोलाएका छौँ । पार्टीको निणर्य अनुसार अगाडि बढ्छौँ,’ सो पार्टीका महासचिव गंगाराम चौधरीले भने, ‘पार्टीको हितमा भए सरकारमा जान्छौँ । नभए बाहिर बस्छौँ ।’

Logo