सरकारको प्राथमिकता निर्धारण गर्न गठबन्धनले बनायो कार्यदल

सरकारको प्राथमिकता निर्धारण गर्न गठबन्धनले बनायो कार्यदल

केन्द्रबिन्दु
98
Shares

काठमाडौं । प्रधानमनत्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमद दाहाल नेतृत्वको नयाँ सत्ता समिकरणको सरकारका प्राथमिकता तय गर्न सत्ता गठबन्धनले राजनीतिक संयन्त्र बनाएको छ ।

आइतबार सिंहदरबारस्थित अर्थमन्त्रालयमा बसेको कार्यदलको पहिलो बैठकले सरकारका न्युनतम साझा कार्यक्रम तय गर्न संयन्त्र बनाएको हो । सिंहदरबारमा गठित १० सदस्यीय राजनीतिक संयन्त्रमा सत्तामा सामेल पाँच दलकातर्फबाट दुई दुई जनालाई समावेश गरिएको छ ।

गठित संयन्त्रमा माओेवादी केन्द्रबाट उप–महासचिव वर्षमान पुन र जनार्दन शर्मा, नेकपा एमालेबाट उपाध्यक्ष विष्णु पौडेल र विष्णु रिमाल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट स्वर्णिम वाग्ले र मुकुल ढकाल, जनता समाजवादीबाट मनिष सुमन र राजेन्द्र श्रेष्ठ, एकीकृत समाजवादीबाट घनश्याम भूसाल र प्रमेश हमाल रहेका छन् ।

सत्ता समिकरणमा सामेल पाँचै दलबाट आएका धारणालाई समेटेर सरकारका प्राथमिकता तय गर्न एमाले नेता विष्णु रिमाललाई मस्यौदा बनाउने जिम्मेवारी दिइएको छ । सरकारका आगामी कार्यलाई प्रभावकारी बनाउन प्राथमिकताका विषयहरु समेटेर कार्यदलले प्रतिवेदन तयार पार्ने छ ।

Logo