पार्टी कार्यालयमै कुटिए राप्रपा नेता ठाकुरमोहन श्रेष्ठ

पार्टी कार्यालयमै कुटिए राप्रपा नेता ठाकुरमोहन श्रेष्ठ

केन्द्रबिन्दु
168
Shares

राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता ठाकुरमोहन श्रेष्ठ कुटिएका छन् ।

आइतबार बिहान बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकमा नेता श्रेष्ठमाथि कुटपिट भएको हो । महामन्त्री विक्रम पाण्डेका समर्थकहरूले पूर्वएआईजीसमेत रहेका श्रेष्ठमाथि हातपात गरेका हुन् ।

पार्टीको कार्यसम्पादन समितिको आज पार्टीको केन्द्रीय कार्यालयमा बसेको थियो । उक्त बैठकमा पार्टी अनुशासनका विषयमा छलफल चलिरहँदा श्रेष्ठले आफ्नो भनाइ राखेका थिए । उनले बोल्ने क्रममा भ्रष्टाचारको प्रसंग उठाए र महामन्त्री पाण्डेलाई सिधै ‘भ्रष्टाचारी’ भनिदिए । त्यसपछि बैठक तनावपूर्ण बनेको थियो । आरोप प्रत्यारोप चलको केहीबेर पछि अध्यक्ष राजेन्द्र लिङदेनको कार्यकक्ष बाहिर श्रेष्ठ कुटिएका हुन् ।

ठाकुरमोहनको शरीरमा चोटपटक लागेको छ । यस घटनामा राप्रपा केन्द्रीय कार्यालयले भने सिसी टिभी फुटेज हेरेर कारबाही प्रक्रियामा जाने जनाएको छ।

Logo