राप्रपाको केन्द्रीय कार्यसम्पादन समिति बैठक पुनः बस्ने

राप्रपाको केन्द्रीय कार्यसम्पादन समिति बैठक पुनः बस्ने

केन्द्रबिन्दु
56
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठक भोलि सोमबार फेरि बस्नेगरी स्थगित भएको छ ।

पार्टी कार्यालयमा धुम्बाराहीमा आइतबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकपछि पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले सञ्चारकर्मीहरुसँग कुरा गर्दै भोलि फेरि बस्नेगरी सकिएको जानकारी दिएका हुन् ।

उनले भने,‘बैठकमा देशको समसामयिक राजनीतिक परिस्थिति र राप्रपाले अगाडि सारेको आन्दोलनका कार्यक्रम र कार्ययोजनाको बारेमा बारेमा व्यापक छलफल भयो । भोलि बाँकी निष्कर्षहरु आउनेछन् ।’

Logo