एमालेलाई सिध्याउने योजना बनाएकाे पुरानो गठबन्धन टुट्नु सकारात्मक -ईश्वर पोखरेल

एमालेलाई सिध्याउने योजना बनाएकाे पुरानो गठबन्धन टुट्नु सकारात्मक -ईश्वर पोखरेल

केन्द्रबिन्दु
42
Shares

गोदावरी (कैलाली) । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले कांग्रेससँग गठबन्धन टुट्नु सकारात्मक भएको बताएका छन् ।

प्रेस चौतारी नेपालले आज धनगढी विमानस्थलमा गरेको पत्रकार सम्मेलनमा वरिष्ठ उपाध्यक्ष पोखरेलले अहिले नेकपा एमाले, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) सहितको गठबन्धन विधिसम्मत भएको टिप्पणी गरेका हुन् । उनले विगतमा गरिएको गठबन्धन एमालेलाई सिध्याउने योजनाबाट निर्देशित भएको दाबी गर्दै निश्चित कार्यक्रम र उद्देश्य नभएको गठबन्धन टुट्नु सकारात्मक भएको बताए ।

उपाध्यक्ष पोखरेलले अहिलेको नयाँ गठबन्धन अगामी २०८४ को निर्वाचनसम्मै कायम रहने दाबी पनि गरे । संरचनागत ढङ्गले अघि बढे भविष्यमा वामपन्थीबीच एकता पनि हुनसक्ने र नयाँ गठबन्धनलाई सबैले सकारात्मक रूपमा लिनुपर्ने बताउँदै उनले नयाँ गठबन्धनलाई कायम राख्न वामपन्थी समूह एकताबद्ध हुनुपर्नेमा जोड दिए ।

उनले २०७९ पुसमा बनेको गठबन्धन टुटेर अहिले फेरि नयाँ शिराबाट सम्बन्ध कायम भएको स्पष्ट गरे । सुदूरपश्चिम सहितका केही प्रदेशमा नयाँ गठबन्धनसँग सरकार गठनका लागि बहुमत नरहेकाले सबै पक्षसँग संवाद भइरहेको उनले जानकारी दिए ।

Logo