बढ्दो विवादबीच नागरिक उन्मुक्ति पार्टीको संस्थापक केन्द्रीय समितिकोे बैठक बस्दै

बढ्दो विवादबीच नागरिक उन्मुक्ति पार्टीको संस्थापक केन्द्रीय समितिकोे बैठक बस्दै

केन्द्रबिन्दु
84
Shares

बढ्दो विवादबीच नागरिक उन्मुक्ति पार्टीको संस्थापक केन्द्रीय समितिकोे बैठक आज बस्ने भएको छ । रेशमलाल चौधरीलाई निर्वाचन आयोगले अध्यक्षको मान्यता नदिएपछि रञ्जिता श्रेष्ठको अध्यक्षतामा सोमबार दिउँसो १ बजे कैलालीको टीकापुरमा संस्थापक केन्द्रीय समितिको बैठक बस्न लागेको हो।

अल्पमतमा परेको सुदूरपश्चिम प्रदेश सरकारमा थप मन्त्री पठाउने निर्णयले नागरिक उन्मुक्ति पार्टीमा विवाद देखिएको छ । पार्टी संरक्षक रेशमलाल चौधरीको अगुवाइमा प्रदेश सरकारमा मन्त्री पठाउने कार्यको विरोधमा पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरी देखिएकी हुन् । यही विवादले नागरिक उन्मुक्तिका सांसदहरू दुई समूहमा विभाजित भएका छन् ।

रेशम चौधरी केन्द्रमा प्रतिपक्षमा बस्ने र प्रदेशमा कमलबहादुर शाह नेतृत्वको सरकारलाई नै समर्थन यथावत राख्ने पक्षमा थिए । रञ्जिता भने नयाँ गठबन्धनमा जाने र प्रदेशमा मुख्यमन्त्री शाहलाई दिएको समर्थन फिर्ता लिनुपर्ने अडानमा रहेकाले दुुवैबीचको अन्तरविरोध उत्कर्षमा पुुगेको हो।

रेशम पक्षका दुुई प्रदेशसभा सदस्यले शुक्रबार राति मन्त्री र एकजनाले राज्यमन्त्रीको शपथ खाएका छन् । रञ्जितानजिक मानिएका कैलाश चौधरीलाई भने राज्यमन्त्रीबाट पनि हटाइएको छ। उनी शुक्रबारसम्म भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री थिए। पार्टीमा शिर्ष मानिएका लक्ष्मणकिशोर चौधरीलाई पनि कुनै मन्त्रालय दिइएको छैन । अहिले पद नपाएका तीन प्रदेशसभा सदस्यमध्ये लक्ष्मण किशोर र कैलाश चौधरी काठमाडौंमा छन् भने टीका थापा भारतमा रहेको बताइएको छ । लक्ष्मण किशोर र कैलाश दुुवै जना रञ्जिताका विश्वास पात्रका रुपमा रहेका छन् । रेशम र रञ्जिता पति/पत्नी हुन्।

Logo