राष्ट्रिय सभा अध्यक्षमा माओवादीका दाहाल र कांग्रेसका शर्माले गरे उम्मेदवारी दर्ता

राष्ट्रिय सभा अध्यक्षमा माओवादीका दाहाल र कांग्रेसका शर्माले गरे उम्मेदवारी दर्ता

केन्द्रबिन्दु
98
Shares

राष्ट्रिय सभा अध्यक्षमा सत्ता गठबन्धनका तर्फबाट माओवादी केन्द्रका नारायण दाहाल र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका युवराज शर्माले उम्मेदवारी दर्ता गरेका छन् ।

मंगलबार हुने निर्वाचनका लागि उम्मेदवारी दर्ताको समय सोमबार बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्मको लागि छुट्याइएको थियो, जसमा दाहाल र शर्माले उम्मेदवारी दर्ता गरेका हुन् ।

दाहालको प्रस्तावकमा माओवादीका गोपी सार्की अछामी र समर्थनमा एमालेका देवेन्द्र दाहाल, एकीकृत समाजवादीका वेदुराम भुसाल र जसपाका मोहम्मद खालिद छन् । यस्तै, शर्माको प्रस्तावकमा भने कांग्रेसका आनन्दप्रसाद ढुंगाना र समर्थनमा कांग्रेसका किरणबाबु श्रेष्ठ र लोकतान्त्रिक पार्टी (लोसपा)का शेखरकुमार सिंह छन् ।

राष्ट्रिय सभाको अंकगणितअनुसार सत्ता गठबन्धनले अध्यक्ष सहजै जित्ने अवस्था छ । ५९ सदस्यीय राष्ट्रिय सभामा माओवादीका १७, कांग्रेसको १६, एमालेका १०, नेकपा एसका ८, जसपाका ३, लोसपा र राजमोका एक–एक सदस्य छन् ।

Logo