नागरिक उन्मुक्ति पार्टीको केन्द्रीय कार्यसमितिको बैठक स्थगित

नागरिक उन्मुक्ति पार्टीको केन्द्रीय कार्यसमितिको बैठक स्थगित

केन्द्रबिन्दु
98
Shares

नागरिक उन्मुक्ति पार्टी (नाउपा)को संस्थापक केन्द्रीय कार्यसमितिको बैठक स्थगित भएको छ ।

रेशमलाल चौधरीलाई निर्वाचन आयोगले अध्यक्षको मान्यता नदिएपछि रञ्जिता श्रेष्ठको अध्यक्षतामा बस्नेगरी सोमबार दिउँसो १ बजे कैलालीको टीकापुरमा बाेलाइएकाे बैठक स्थगित भएको हाे । श्रेष्ठले स्वास्थ्यमा समस्यामा आएको भन्दै अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगित गरेकी हुन् ।

अल्पमतमा परेको सुदूरपश्चिम प्रदेश सरकारमा थप मन्त्री पठाउने निर्णयले नागरिक उन्मुक्ति पार्टीमा विवाद देखिएको छ । पार्टी संरक्षक रेशमलाल चौधरीको अगुवाइमा प्रदेश सरकारमा मन्त्री पठाउने कार्यको विरोधमा पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरी देखिएकी हुन् । यही विवादले नागरिक उन्मुक्तिका सांसदहरू दुई समूहमा विभाजित भएका छन् ।

रेशम चौधरी केन्द्रमा प्रतिपक्षमा बस्ने र प्रदेशमा कमलबहादुर शाह नेतृत्वको सरकारलाई नै समर्थन यथावत राख्ने पक्षमा थिए । रञ्जिता भने नयाँ गठबन्धनमा जाने र प्रदेशमा मुख्यमन्त्री शाहलाई दिएको समर्थन फिर्ता लिनुपर्ने अडानमा रहेकाले दुवैबीचको अन्तरविरोध उत्कर्षमा पुगेको हो। रेशम र रञ्जिता पति/पत्नी हुन्।

Logo