पूर्वमन्त्री दुर्गा श्रेष्ठ राप्रपा नेपालमा प्रवेश

पूर्वमन्त्री दुर्गा श्रेष्ठ राप्रपा नेपालमा प्रवेश

केन्द्रबिन्दु
210
Shares

पूर्वमन्त्री दुर्गा श्रेष्ठ राप्रपा नेपाल प्रवेश गरेकी छन्। तनहुँकी श्रेष्ठलाई सोमबार अध्यक्ष कमल थापाले राप्रपा नेपालमा प्रवेश गराएका हुन्।

राप्रपाको महाधिवेशनमा थापा नेतृत्वमा श्रेष्ठ उपाध्यक्ष उम्मेदवार भएर पराजित भएकी थिइन्। श्रेष्ठ जिविस तनहुँकी पूर्वसभापतिसमेत हुन्।

श्रेष्ठसहित स्वतन्त्र नागरिक समाजका संयोजक रामकुमार रिजाल, राप्रपा काठमाडौंका उपाध्यक्ष जयराम अधिकारी,काठमाडौं महानगर समितिका सह-सचिब सन्तोष रायमाझी,दिनेश अधिकारी, फुटबल खेलाडी देवान घले, प्रहरी सेवामा रहि अबकास प्राप्त बिजय प्रताप शाह,नेपाली सेनाबाट अबकास प्राप्त कृष्णजङ्ग बहादुर सिंह,ब्यबसायी तथा समाजसेवी शुभाष बिष्ट लगायत दर्जनौ ब्यक्तिहरु राप्रपा नेपाल प्रवेश गरेका हुन् । राप्रपाले आज आयोजना गरेको कार्यक्रममा पार्टी अध्यक्ष कमल थापाले सबैलाई पार्टी सदस्यता सहित स्वागत गरेका थिए ।

Logo