काठमाडौं महानगर उपमेयरको स्वास्थ्यमा सुधार, आजै डिस्चार्ज हुने सम्भावना

काठमाडौं महानगर उपमेयरको स्वास्थ्यमा सुधार, आजै डिस्चार्ज हुने सम्भावना


काठमाडौं । काठमाडौं महानगरकी उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठको स्वास्थ्य अवस्था सामान्य देखिएको छ । बिहीबार बेलुकी राष्ट्रिय सभा गृहमा आउँदो आर्थिक बर्षका लागि बजेट तयारीको सिलसिलामा आयोजना गरिएको बैठकमा सहभागी भएका बेला स्वास्थ्यमा एक्कासी समस्या आएको थियो ।

त्यसपछि नर्भिक अस्पताल थापाथली लगिएको थियो । अस्पतालले प्रारम्भिक स्वास्थ्य परीक्षणका क्रममा २४ घण्टा चिकित्सकको निगरानीमा रहन भनेपछि अस्पतालमा भर्ना गरिएको थियो ।

उनलाई अस्पताल लगेपछि बिहीबार बेलुकी नै महानगरका प्रमुख बिद्यासुन्दर शाक्य अस्पताल पुगेर स्वास्थ्य अवस्थाका बिषयमा जानकारी लिएका थिए ।

उपप्रमुख खड्गी श्रेष्ठको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिँदै उनका श्रीमान प्रकाश खड्गीले भने, ‘ठूलो केही भएको होइन । नियमित स्वास्थ्य परीक्षणको क्रम भने पनि हुन्छ । सम्भवतः आज (शुक्रबार) बेलुकीसम्ममा घर फर्किन्छौं ।’

यसअघि उनलाई हृदयघात भएको आशंका गरिएको थियो । तर चेकजाँचका क्रममा उनको अवस्था सामान्य देखिएको प्रकाशको भनाई छ ।

काठमाडौं महानगरकी उपमेयर खड्गीलाई हृदयघात

Logo