मर्जरका लागि तयार रहन बैंकहरुलाई राष्ट्र बैंकका निर्देशन

मर्जरका लागि तयार रहन बैंकहरुलाई राष्ट्र बैंकका निर्देशन


काठमाडौं । नेपाल राष्ट्र बैंकले सबै वाणिज्य बैंकका सिइओ र सञ्चालक समितिको अध्यक्षलाई मर्जरका लागि तयार रहन निर्देशन दिएको छ । बिहीबार राष्ट्र बैंकले सबै वाणिज्य बैंकका सिइओ र सञ्चालक समितिको अध्यक्षलाई बोलाएर नीति आउनुअघि नै एक हप्ताको समय सीमा राखेर आफू कुन संस्थासँग मर्ज हुन लागेको हो त्यसको जानकारी दिन निर्देशन दिएको हो।

आगामी वर्षको मौद्रिक नीतिको तयारीमा रहेको केन्द्रीय बैंकले बाध्यकारी मर्जरको व्यवस्था ल्याउने भएको छ । बैंकहरूको संस्थागत सुशासनमा नै समस्या रहेको बताउँदै राष्ट्र बैंकले बैंकहरूको खराब कर्जाको ब्याजदर बढ्दै गएको, जोखिम व्यवस्थापनको काम, तरलताको मिसम्याच , समग्र ऋणको बढ्दो जोखिम आदिलाई अन्त्य गर्नको लागि पनि मर्जरमा जानुपर्ने भन्दै डेपुटी गभर्नर चिन्तामणि सिवाकोटीले बैंकरहरूलाई त्यहीअनुसार तयार हुन निर्देशन दिएका हुन्।

Logo