सवारी साधनमा लाग्दै आएको जोर-बिजोर प्रणाली भोलिबाट हट्ने

सवारी साधनमा लाग्दै आएको जोर-बिजोर प्रणाली भोलिबाट हट्ने


काठमाडौं ।

काठमाडौं उपत्यकामा लागू भएको जोर-बिजोर प्रणाली शुक्रबारबाट हट्ने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंमा भएको सरोकारवालाहरुको छलफलले भोलिबाट जोरविजोर प्रणाली हटाउने निर्णय गरेको हो ।

यातायात व्यवसायी र मजदुरका संघ संस्थाका प्रतिनिधि समेतको छलफलपछि उपत्यकाभित्रको जोर-बिजोर प्रणाली हटाउने निर्णय भएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताए । लामो समयको लकडाउन र निषेधाज्ञापछि सवारी साधन सञ्चालनमा आए पनि जोरविजोर प्रणाली कायम गरिएको थियो ।

जोर-बिजोर प्रणालीले सवारी साधनमा चाप बढ्दै गए पनि खुला गरिने भएको हो । स्वास्थ्य सुरक्षाका सम्पूर्ण मापदण्ड अनिवार्य रुपमा पालना गर्दै उनले आग्रह गरे । सवारी साधनमा देखिएको यात्रुहरुको चापको अवस्थालाई मध्यनजर गर्दै जोर-बिजोर प्रणाली हटाउने निर्णय भएको उनले बताए।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले जोर-बिजोर प्रणाली लागू हुँदा स्वास्थ्य प्रोटोकल पालना गर्न समस्या पर्दै गएकोमा अब त्यो समस्या नहुने बताए। उनले यातायात मजदुर र यात्रुहरुलाई अनिवार्यरुपमा स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्न आग्रह गरे ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघसहित विभिन्न यातायात मजदुर संगठनले शुक्रबारबाट जोर-बिजार प्रणाली उल्लंघन गरेर सवारी चलाउने घोषणा यसअघि नै गरेका थिए । कोरोना महामारीपछि काठमाडौंका सडकमा घटेको सवारी चाप दिनदिनै बढ्दो दरमा छ । जोर-बिजोर प्रणाली हटेपछि सार्वजनिक सवारीमा देखिएको चाप कम हुने विश्वास गरिएको छ ।

Logo