भूकम्पको धक्का महशुस

भूकम्पको धक्का महशुस


मध्यान्ह १२ बजेर २२ मिनेट जाँदा भूकम्पको धक्का महशुस गरिएको छ । बझाङ केन्द्रबिन्दु बनाएर ४ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

अहिलेसम्म ६ वटाभन्दा धेरै भूकम्पका धक्काहरु महशुस गरिएको छ । गत ज्येष्ठ ३ गते धादिङ केन्द्रबिन्दु भएर ५ रेक्टर स्केलको भूकम्पपछि ६ वटा भूकम्प गईसकेका छन् । यो महिनामा गत ११ गते बझाङनै केन्द्रबिन्दु भएर ४.३ म्यग्निच्युडको भूकम्प गएको थियो ।

त्यस्तै गत ज्येष्ठ १६ गते १० बजेर १ मिनेट जाँदा मुगु केन्द्रबिन्दु भएर ४.६ रेक्टर स्केलको भूकम्प गएको थियो भने सोहि दिन नै रामेछाप केन्द्रबिन्दु भएर ४.९ रेक्टर स्केलको भूकम्प गएको थियो । गत ज्येष्ठ ७ गते पनि लमजुङ केन्द्रबिन्दु भएर ४.१ रेक्टर स्केलको भूकम्प गएको थियो ।

Logo