उचाइ मापन गर्न गएको टोली सगरमाथा चुचुरोमा

उचाइ मापन गर्न गएको टोली सगरमाथा चुचुरोमा


काठमाडौँ,

सगरमाथा मापनका लागि चढेको नापी विभागको प्राविधिक टोली बुधबार बिहान ३.०० बजे सगरमाथाको चुचुरोमा पुगेको छ ।

मङ्गलवार दिउँसो १ः४५ मा उक्त टोली साउथ कोलबाट चुचुरोतर्फ लागेको थियो । नापी विभागका सगरमाथा उचाई मापन सचिवालयका प्रमुख सुशील डंगोलले टोलीले चुचुरोमा पुग्यौं भन्नेसम्मको खबर गरेको र त्यसपछि थप सूचना भने आइनसकेको जानकारी दिनुभयो ।

मङ्गलवार विहान पुग्ने अनुमान गरिएकोमा मौसम अनुकूल नभएपछि सोमवारदेखि सगरमाथाको साउथ कोलमा पुगेर टोलीले विश्राम गरेको थियो । शुक्रवार राति आधार शिविरबाट नापी विभागका प्राविधिक खिमलाल गौतमको नेतृत्वमा चार जनाको टोली चुचुरोमा पुगेको हो । नेपाल सरकारका तर्फबाट पहिलोपटक सगरमाथाको उचाई मापन गरिएको हो ।

सगरमाथाको उचाइ कति भन्ने  ५ महिनापछि मात्रै थाहा हुनेछ । सगरमाथाको उचाइ नाप्न नापी टोली चैत्र २७ गते काठमाडौंबाट हिडेको थियो ।

Logo