आज दुईवटा संसदीय समितिको बैठक बस्दै, निकुञ्जको अवलोकन सम्बन्धमा छलफल हुने

आज दुईवटा संसदीय समितिको बैठक बस्दै, निकुञ्जको अवलोकन सम्बन्धमा छलफल हुने

केन्द्रबिन्दु
182
Shares

काठमाडौँ । आज दुई वटा संसदीय समितिको बैठक बस्न लागेको छ । बिहान ११ बजे सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दै छ ।

बैठकमा लाङटाङ राष्ट्रिय निकुञ्जको अनुगमन कार्यक्रमको समीक्षा, शुक्लाफाँटा, बाँके र बर्दिया राष्ट्रिय निकुञ्जको अवलोकन सम्बन्धमा छलफल हुनेछ ।

त्यस्तै, नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयक, २०८१ माथि दफावार छलफल गर्न दिउँसो १ बजे विधायन व्यवस्थापन समितिको बैठक बस्दै छ ।

Skip This
Skip This
Logo