न्याय परिषद् बाहिर छाता ओढेर बारको धर्ना

न्याय परिषद् बाहिर छाता ओढेर बारको धर्ना

केन्द्रबिन्दु
168
Shares

काठमाडौँ । नेपाल बार एसोसिएसनले न्याय परिषद् परिसरमा पुगेर धर्ना सुरु गरेको छ ।

न्यायाधीश नियुक्तिका लागि न्याय परिषद्ले बैठक बोलाएर छलफल थालेपछि बिहान १० बजेदेखि बारले छाता ओढेर धर्ना दिएको हो ।

बारले पानीमा रुझ्दै विरोध स्वरूप परिषद् घेराउ गर्दै धर्ना दिएको छ । बारका अध्यक्ष गोपालकृष्ण घिमिरेले गैरसंवैधानिक रूपमा बलजफ्ती न्यायाधीश नियुक्तिको कोशिश भएपछि आफूहरू धर्नामा उभिएको बताएका छन् । परिषद्ले सर्वोच्च अदालतमा ६ र उच्च अदालतमा १६ न्यायाधीश नियुक्तिको तयारी गरिरहेको छ ।

Skip This
Skip This
Logo