कांग्रेसले बाढीपहिरो पीडितका लागि ५० लाख रुपैयाँ सहयोग गर्ने

कांग्रेसले बाढीपहिरो पीडितका लागि ५० लाख रुपैयाँ सहयोग गर्ने

केन्द्रबिन्दु
392
Shares

काठमाडौं । नेपाली कांग्रेसले बाढीपहिरो पीडितका लागि ५० लाख रुपैयाँ सहयोग गर्ने भएको छ । आइतबार बूढानीलकण्ठमा बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठकले बाढीपहिरो पीडितका लागि राहत कोषमा ५० लाख रुपैयाँ जम्मा गर्ने निर्णय गरेको हो ।

साथै कांग्रेस बैठकले निरन्तरको वर्षाका कारण बाढी र पहिरोमा परि मृत्यु भएका सबैलाई श्रद्धाञ्जली व्यक्त गर्नुका साथै यो समग्र घटनाप्रति पार्टीले दुख व्यक्त गरेको छ । यस्तै बैठकले बाढी पहिरोमा हराएका सबैको चाँडो भन्दा चाँडो उद्दार गर्न समेत सरकारको ध्यानाकर्षण गराएको छ ।

Logo