सिंहदरबारमा सर्वदलीय बैठक जारी

सिंहदरबारमा सर्वदलीय बैठक जारी

केन्द्रबिन्दु
1.6k
Shares

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा अहिले सर्वदलीय बैठक बसिरहेको छ ।

कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले बोलाएको सर्वदलीय बैठकमा संसद्मा प्रतिनिधित्व गर्ने कांग्रेस, एमाले, माओवादी केन्द्र, रास्वपा, राप्रपा, एकीकृत समाजवादीलगायत राजनीतिक दलका नेताहरु सहभागी छन् । बैठकमा अविरल वर्षापछिको बाढीपहिरोबाट प्रभावितको उद्धार, जनधनको क्षति र प्रभावितलाई राहत उपलब्ध गराउने लगायतका विषयमा छलफल हुने बताइएको छ ।

देशभर बाढीपहिरो र डुबानबाट हालसम्म एक सय १२ जनाको मृत्यु भएको छ भने ६४ जना बेपत्ता र ७३ जना घाइते भएका छन् ।

Logo