‘सरकार रवि र रास्वपामा केन्द्रीत हुँदा विपत्ति सामना गर्न सकेन’ -मनिषा झा

‘सरकार रवि र रास्वपामा केन्द्रीत हुँदा विपत्ति सामना गर्न सकेन’ -मनिषा झा

केन्द्रबिन्दु
280
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले रवि, रास्वपा, र सहकारी यही तीन खम्वामा राजनीति अड्किदा सरकार प्राकृतिक प्रकोपको सामनामा चुकेको निस्कर्ष निकालेको छ ।

आइतबार बसेको केन्द्रीय समिति बैठकपछि रास्वपा प्रवक्ता मनिषा झाले पत्रकारहरुसँग कुराकानी गर्दै सरकार, गठबन्धन, गठबन्धन आवद्ध राजनीतिक दल र राजनीतिक कार्यकर्ता सबैको राजनीति सबै ‘रवि, रास्वपा, र सहकारी’ यही तीन खम्वामा अड्किएको कारण प्राकृतिक विपत्ति आउँदैगर्दा सामना गर्न कोही तयार नभएको बताएका हुन् ।

उनले भने,‘सहकारीको विषयमा पटक–पटक धेरै चर्चा गरिसक्यौं । अब देश र राजनीति योभन्दा अघि बढेहुन्थ्यो भन्ने हाम्रो धारणा हो । सबै यसैमा अड्किंदा मूल्य के हुन्छ भन्ने कुरा पनि देख्यौं । सरकार, गठबन्धन, गठबन्धन आवद्ध राजनीतिक दल र राजनीतिक कार्यकर्ता सबैको राजनीति सबै यही तीन खम्वामा अड्किएको थियो । योबाहेक अरु कसैले केही सोचिराखेको थिएन । त्यसैले यस्तो प्राकृतिक विपत्ति आउँदै गर्दा कोही तयारी अवस्थामा थिएनन् । त्यसैले आवश्यक परेको बेला के गर्नुपर्छ सरकारी संयन्त्रले भन्ने कुरामा चुक्यो ।’

त्यस्तै, उनले मोबाइलको रिङटोन बजाउँदैमा राज्यसंयन्त्रको जिम्मेवारी पूरा नहुने भन्दै सरकारको असक्षमता र अकर्मण्यता देखिएको बताए । दुई दिनको पानीले दुईतिहाइ सरकारको औकात देखाएको भन्दै उनले पहिलो र दोस्रो दल चुनौती पार लगाउने काममा नभइ बालेन, हर्क, कुलमानलाई लखेट्न मात्र बनेको उनले आरोप लगाए ।

‘हामीले सरकारको असक्षमता र अकर्मण्यता देख्यौं । मोबाइलको रिङटोन बजाउँदैमा राज्यसंयन्त्रको जिम्मेवारी पूरा हुँदैन । जोखिम हुनेछ भन्ने आँकलन पहिल्यै थियो तर काम भएन । राजनीतिक टिप्पणी नै गर्ने हो भने दुई दिनको पानीले दुईतिहाइ सरकारको औकात देखायो । पहिलो र दोस्रो दल मिलेर जस्तोसुकै चुनौति पार लगाउनसक्छ भन्ने सोचेको थियौं । तर, यो गठवन्धन त बालेन, हर्क, कुलमानलाई लखेट्न मात्र बनेको रहेछ । खोइ त तयारी ?’

Logo