अर्थमन्त्रीद्वारा प्रभावशाली महिला सपनालाई वधाई

अर्थमन्त्रीद्वारा प्रभावशाली महिला सपनालाई वधाई


काठमाडौं ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले समाजसेवी सपना मगरलाई भेटेर बधाई दिएका छन् । शुक्रबार अर्थ मन्त्रालयमा अर्थमन्त्री पौडेलले समाजसेवी सपना मल्ल मगरसँग भेट गर्दै विविसिको १ सय जना प्रभावशाली महिलामा परेकोमा बधाई दिएका हुन् ।

नेपाल सरकारले गर्न नसकेको काम व्यक्तिगत स्तरबाट गरेर समाज सेवा गरेको भन्दै समाजसेवी मगरको प्रसंसा गरे। अर्थमन्त्री पौडेललाई समाजसेवी मगरले बेवारिसे व्यक्तिहरु र बेवारिसे भएका लासको व्यवस्थापनमा सरकारको सहयोगको अपेक्षा रहेको बताइन्।

समाजसेवी मगरको माग सुनेपछि अर्थमन्त्री पौडेलले बेवारिसे लास व्यवस्थापनमा सरकारले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । साथै सपना मगर जस्तो प्रेरणादायी समाजसेवीलाई भेटन पाउँदा खुशी लागेको पनि बताए ।

समाजसेवी सपनालाई बीबीसीले संसारका १ सय जना प्रभवशाली महिलाको सूचीमा पारेको छ । यसपछि मगरको कामको प्रसंसा देश भित्र मात्र नभई संसार भर भइरहेको छ ।

Logo