उपत्यकामा मेट्रो रेल निर्माणको प्रक्रिया अघि बढ्यो

उपत्यकामा मेट्रो रेल निर्माणको प्रक्रिया अघि बढ्यो


काठमाडौँ

सरकारले काठमाडौँ उपत्यकामा मेट्रो रेल निर्माणको प्रक्रिया अघि बढाएको छ । सातदोबाटो–रत्नपार्क–महाराजगञ्ज (नारायणगोपाल चोक) जोड्ने प्रस्तावित उक्त मेट्रो रेल निर्माणखण्डको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) निर्माणका लागि विश्वव्यापी बोलपत्र आह्वान गरिएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय माताहतको रेल विभागका प्रवक्ता अमन चित्रकारले प्रस्तावित मेट्रो रेल निर्माणका लागि रेल विभागले विश्वव्यापी (ग्लोबल) बोलपत्र आह्वान गरेको जानकारी दिनुभयो । बोलपत्र भर्ने अन्तिम मिति फागुन १२ गते (२४ फेब्रुअरी) सम्म छ ।

प्रवक्ता चित्राकारले भन्नुभयो, “बोलपत्र भरेका मध्ये उत्कृष्ट कम्पनीको छनौट सूचीमा परेका कम्पनीलाई प्रस्तावका लागि आह्वान गरिन्छ ।” उहाँले अगाडि भन्नुभयो, “कम्पनीको आर्थिक तथा प्राविधिक मूल्याङ्नको आधारमा उत्कृष्ट कम्पनी छनोट गरी डीपीआर तयार गर्ने जिम्मेवारी दिइनेछ ।” डीपीआर तयार गर्ने कम्पनीले वातावरण मूल्याङ्कन प्रतिवेदन, सर्वेक्षण, ढाँचा (डिजाइन) समेत तयार गर्ने जानकारी प्रवक्ता चित्राकारले दिनुभयो ।

कुल १२ किलोमिटर लम्बाइ हुने उक्त रेलमार्गको सम्भाव्यता अध्ययन यसअघि नै तयार भइसकेको छ । सन् २०११ मा नै कोरियन कम्पनीले यसको सम्भाव्यता अध्ययन गरेको थियो ।
गोरखापत्रबाट

Logo