२० मंसिर २०७८ सोमबार

कांग्रेस जिल्ला सभापतिको भेला नुवाकोटको ककनीमा सुरु

नुवाकोट । नेपाली कांग्रेस जिल्ला सभापतिहरुको भेला नुवाकोटमा सुरु भएको छ । पार्टीको संशोधित विधानमा छलफल गर्न नुवाकोटको ककनीमा सभापतिहरुको भेला सुरु भएको हो ।

भेलामा सम्पूर्ण जिल्लाका सभापतिहरुको सहभागिता रहेको छ । भेलामा सरकारका काम कारबाहीका विषयमा पनि छलफल हुनेछ । उनीहरुले एकढिक्का भएर प्रस्तुत हुन र प्रतिक्रिया दिन केन्द्रीय नेतृत्वलाई भेलामार्फत दबाब पनि दिने सभापतिहरुको भेलाले निर्णय गर्नेछ ।

राष्ट्रिय राजनीति र पार्टीभित्रका अन्य विषयमा पनि जिल्ला सभापतिहरुले बुधबार र विहीबार धारणा राख्नेछन् । बिहीबार दिउँसो ककनी घोषणापत्र जारी गरी जिल्ला सभापतिहरुको भेला सकिनेछ । नेपाली कांग्रेसको विधान मस्यौदा संशोधन समितिले केन्द्रीय समितिमा फरक मतसहित प्रतिवेदन पेश गरेको छ ।

प्रकाशित: १२ मंसिर २०७५ १६:३० बुधबार

केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी