प्रियंका र निकले हनिमुनको लागि कुन ठाउँ रोजे ?

प्रियंका र निकले हनिमुनको लागि कुन ठाउँ रोजे ?


एजेन्सी । बलिउड देसी गर्ल प्रियंका चोपडा र अमेरिकी बाबु निक जोनासले केहि साता अघि जोधपुरको उम्मेद भवन प्यालेसमा विवाह गरेका थिए ।

विवाहपछि न्युलिम्यारिड कप्पल हनिमुनको लागि ओमान गएका थिए, जहाँ उनीहरुले एकअर्काको साथमा क्वालिटी टाइम बिताएर मुम्बई फर्केका छन् ।

अब छिट्टै निक र प्रियंका दोस्रो हनिमुनमा जाने जस्ता खबरहरु पनि मिडियामा सार्वजनिक भएका छन् । उनीहरु दोस्रो हनिमुनको लागि २८ डिसेम्बरमा स्विट्जरल्याण्ड जाने भारतीय मिडियामा उल्लेख गरिएको छ ।

प्रियंका र निकको दोस्रो रिसेप्सन पार्टीको कार्ड पनि सार्वजनिक भएको छ, जो अहिले सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ । उनीहरुले यो पार्टीमा बलिउडका सबै हस्तिहरुलाई निम्तो गरेका छन् ।

पार्टीपछि देसी गर्ल उनको आगामी फिल्म ‘द स्काई इज पिंक’ को सुटिङलाई पुरा गर्ने भएकी छन् । उनीहरुले आफ्नो पहिलो हनिमुनको तस्विर इन्सटाग्राममा राखेका थिए जुन निकै भाइरल भएको थियो ।

Logo