साताव्यापि दोस्रो एनप्याब्सन वृहत खेलकुद सप्ताह हुँदै

साताव्यापि दोस्रो एनप्याब्सन वृहत खेलकुद सप्ताह हुँदै


काठमाडौँ

राष्ट्रिय निजी तथा आवासिय विद्यालय एसोसिएसन नेपाल (एनप्याब्सन) ले साता व्यापि ‘दोस्रो एनप्याब्सन वृहत खेलकुद सप्ताह’ आयोजना गर्ने भएको छ ।

विद्यालयमा अध्ययनरत बालबालिकाहरुलाई खेल प्रतिको अभिरुची, जागरुकता बढाउन, सीप विकासमा जोड दिन तथा ज्ञान र क्षमताको अभिवृद्धि गर्न सहयोग पु¥याउने उद्धेश्य सहित खेलकुद सप्ताह आयोजना गर्न लागिएको हो ।

प्रतियोगिताको उद्घाटन आगामी पौष २ गते बिहान ११ बजे काठमाडौंको टुँडिखेलमा एक भव्य समारोहका बीच यूवा तथा खेलकुदमन्त्री जगत बहादुर विश्वकर्माले उद्घाटन गर्ने आयोजकले जनाएको छ ।

बिहिबार संवाद चौतारीमा पत्रकार सम्म्मेलनको आयोजाना गरि नेशनल प्याव्सन काठमाडौँले साता व्यापि सञ्चालन हुने खेलकुद सप्ताहमा फुटसल, बास्केटबल, टेवल टेनिस र क्रिक्रेट विधामा विभिन्न १०० विद्यालयका ३ हजार भन्दा बढि विद्यार्थीहरुको सहभागिता रहने जनाएको छ । प्रतियोगितामा हरेक विधामा प्रथम, दितीय र तृतीय स्थान हासिल गर्ने टिमका खेलाडी विद्यार्थीहरुलाई ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ ।

Logo