गुल्मीमा जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु

गुल्मीमा जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु


गुल्मी​ ।

गुल्मीमा जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । दुर्घटनामा दुई जना गम्भीर घाइते भएका छन् । जिल्लाको इश्मा गाउँपालिका ४ बाट सदरमुकाम तम्घासतर्फ जाँदै गरेको लु १ ज ११६६ नम्बरको जीप दुर्घटना भएको हो । विहान ७ः २० मा जीप दुर्घटना भएको हो । जीप सडकबाट करिव ४ सय मिटर तल खसेको छ ।

सो दुर्घटनामा मृत्यु हुनेमा इश्मा ४ का डम्बर बहादुर हितान, सुन्दरी थापा, शिव बहादुर दर्लामी, धन बहादुर अछामी र बसन्त दर्लामी रहेको प्रहरीले जनाएको छ ।

घाइते सरस्वती दर्लामी र फर्सु थापाको अवस्था गम्भीर रहेको बताइएको छ । उनीहरुलाई उपचारका लागि जिल्ला अस्पताल पठाइएको छ । ब्रेक फेल भएर दुर्घटना भएको हुन सक्ने प्रहरीले आशंका गरेको छ । थप विवरण आउन बाँकी छ ।

Logo