केन्द्रबिन्दु बुलेटिन : भारत र नेपालका परराष्ट्र सचिवहरुको दुईपक्षीय वार्ता सम्पन्न (भिडियोसहित)

केन्द्रबिन्दु बुलेटिन : भारत र नेपालका परराष्ट्र सचिवहरुको दुईपक्षीय वार्ता सम्पन्न (भिडियोसहित)


काठमाडौं ।

केन्द्रबिन्दु बुलेटिनमा हामीले दैनिक पाँच वटा समाचार प्रस्तुत गर्ने गर्छौं । आजका प्रमुख पाँच समाचारहरु मध्ये नेपाल उद्योग वाणिज्य महासङ्घको ५४ औंँ वार्षिक साधारणसभा आजदेखि काठमाडौंमा शुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले महासङ्घको वार्षिक साधारणसभाको उद्घाटन गरेका हुन् । उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले केही समूहले सरकारले दलाल पूँजीवाद र नवउदारवादी पूँजीवादलाई प्रसय दिएको र उद्योगी व्यवसायीलाई विभाजित गर्यो भन्ने आरोप लगाएको भन्दै त्यस्ता अभिव्यक्ति भ्रमपूर्ण रहेको बताएका छन ।

यस्तै छिमेकी मुलुक भारत र नेपालका परराष्ट्र सचिवहरुको दुईपक्षीय वार्ता सम्पन्न भएको छ । वार्ताका लागि भारतीय विदेश सचिव हर्षवर्धन श्रृंगला आज नेपाल आएका हुन ।

नेपालमा परिवार नियोजनको साधन पुरुषले भन्दा महिलाले बढी प्रयोग गरेको तथयांकले देखाएको छ । परिवार नियोजनका स्थायी र अस्थायी साधन दुवैमा महिलाको सहभागिता पुरुषभन्दा बढी हुने गरेको पाइएको हो ।

चालू आर्थिक वर्षको पहिलो तीन महिनामा भारत तथा अन्य मुलुकतर्फ क्रमशः १९.४ प्रतिशत र ७.४ प्रतिशतले निर्यात वृद्धि भएको छ भने चीनतर्फ ५३.२ प्रतिशतले घटेको छ । यस्तै कूल वस्तु निर्यात १४.३ प्रतिशतले वृद्धि भएको छ ।

शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प अरु कोही हुनै नसक्ने बताएका छन् । यस्तै मन्त्री मानन्धरले पार्टीभित्र देखिएको विवाद छिट्टै टुंगिने पनि बताएका छन् । भिडियो :

 

Logo