काठमाडौं । शिक्षा मन्त्रालयको लापरवाहीका कारण अस्थायी शिक्षक परीक्षाको नतिजा प्रकाशनमा ढिलाई भईरहेको छ । परीक्षामा फेल हुने अस्थायी शिक्षकलाई विदा गर्दा लाग्ने आवश्यक रकमको जोहो गर्न शिक्षा मन्त्रालयले प्रकृया शुरु नगर्दा नतिजा प्रकाशनको काममा ढिलाई भएको हो । "/>

यसकारण अस्थायी शिक्षक परीक्षा प्रकाशनको नतिजा प्रकाशनमा ढिलाई

यसकारण अस्थायी शिक्षक परीक्षा प्रकाशनको नतिजा प्रकाशनमा ढिलाई


काठमाडौं । शिक्षा मन्त्रालयको लापरवाहीका कारण अस्थायी शिक्षक परीक्षाको नतिजा प्रकाशनमा ढिलाई भईरहेको छ । परीक्षामा फेल हुने अस्थायी शिक्षकलाई विदा गर्दा लाग्ने आवश्यक रकमको जोहो गर्न शिक्षा मन्त्रालयले प्रकृया शुरु नगर्दा नतिजा प्रकाशनको काममा ढिलाई भएको हो ।

अस्थायी शिक्षक परीक्षामा फेल हुने शिक्षकलाई आवश्यक रकम दिएर घर पठाउने निर्णय गरिएको थियो । फेल हुने अस्थायी शिक्षकलाई दिनका लागि आवश्यक रकम विगत वर्षमा बजेट भाषणमै छुट्याईएको थियो । तर परीक्षा नै सञ्चालन नभएपछि त्यो रकम फ्रिज भएको थियो ।

यो वर्ष परीक्षा त भयो तर उक्त शिर्षकका लागि बजेट छुट्याईएको छैन । यसका लागि शिक्षा मन्त्रालयले रकमान्तर गर्न अर्थ मन्त्रालयसँग सहमती लिनुपर्छ । तर शिक्षा मन्त्रालयले उक्त प्रकृया अहिले सम्म शुरु गरेको छैन ।

शिक्षा मन्त्रालयका लागि यसअघि नै छुट्याएको रकमबाट अस्थायी शिक्षकलाई दिने गरी रकमान्तर गर्न अर्थ मन्त्रालयबाट स्विकृती लिनुपर्ने भए पनि शिक्षाबाट कुनै प्रस्ताव नआएको अर्थ मन्त्रालयले जनाएको छ । श्रोतले जनाएको छ ।

शिक्षा मन्त्रालयले आवश्यक रकम यकिन गरेर प्रस्ताव तयार पारेपछि उक्त फाईल मन्त्री परिषद्बाटै स्विकृत गर्नुपर्ने हुन्छ । शिक्षा ऐनको नवौं संशोधन अनुसार गत असारमा अस्थायी शिक्षकको परीक्षा भएको थियो । उक्त परीक्षाको नतिजा दशैं अघि नै सार्वजनिक गर्ने शिक्षक सेवा आयोगले गरेको थियो । तर विभिन्न कारणले नतिजा अहिलेसम्म पनि प्रकाशन गर्न सकिरहेको छैन् ।

तत्कालै नतिजा सार्वजनिक गरेमा फेल हुने शिक्षकलाई आवश्यक रकम दिएर घर पठाउनुपर्ने भएकाले शिक्षा मन्त्रालयको निर्णय कुरेर बसेको आयोगका अध्यक्ष ताना गौतमले जानकारी दिए ।

शिक्षा ऐनको आठौं संशोधन गर्नु अघि मन्त्रालयले गरेको अध्ययनका अनुसार ऐन संशोधनले २६ अर्ब रुपैयाँ थप दायित्व बढाएको थियो । उक्त रकम विद्यालय कर्मचारी देखि प्रधानाध्यापकको थप भत्ता लगायतका शिर्षकका लागि थियो ।

यस बीचमा जागिर छाडेकासहित अन्य कारणले अस्थायी शिक्षकको संख्यामा कमी आएर बाँकी रहने अस्थायी शिक्षकका लागि झण्डै ५ अर्ब रकम चाहिने अनुमान आयोगको छ । उक्त रकम ब्यवस्था गर्नु अघि फेल हुने अस्थायी शिक्षकको संख्या यकिन हुनु आवश्यक छ । तर, उक्त रकम ब्यवस्था गर्ने बारेमा मन्त्रालयका उच्च कर्मचारी नै अन्यौलमा छन् ।

Logo