गोदावरी फूलको व्यवसायीक विकास, बिस्तार तथा प्रबद्र्धन गर्ने उदेश्यले गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी सुरु भएको छ । "/>

गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी सुरु (भिडियोसहित)

गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी सुरु (भिडियोसहित)


गोदावरी फूलको व्यवसायीक विकास, बिस्तार तथा प्रबद्र्धन गर्ने उदेश्यले गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी सुरु भएको छ ।

पुष्प व्यवसाय प्रवद्र्धनका सम्वन्धमा समय अनुकूल पुष्पको जातिय विकास एवं गुणस्तरिय उत्पादनमा सहयोग पु¥याउनका लागि प्रदर्शनी आयोजना गरिएको हो । जावलाखेलको खेल मैदान, ललितपुरमा सुरु भएको प्रदर्शनीको प्रदेश नम्बर ३ का भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाले उदघाटन गरे ।

पुष्प व्यवसायीहरुलाई व्यवसाय प्रवद्र्धनमा हौसला प्रदान गर्ने र व्यवसायिहरु विच प्रतिस्पर्धात्मक बनाउन भन्दै विगत ११ वर्ष देखि मेलाको आयोजना गरिएको फ्लोरीकल्चर एशोसिएसनले बताएको छ । पुष्प उत्पादक कृषकहरुको आफ्ना उत्पादनको बजार क्षेत्र प्रदर्शनीको माध्यमबाट बढने विश्वाश गरिएको छ ।

Logo