गोरखा

यो वर्षको लिगलिगे राजा हुन सफल नेपाली सेनाका अनिश थापालाई पर्यटनमन्त्री रवीन्द्र अधिकारीले श्रीपेच लगाइदिएका छन् । "/>

नेपाली सेनाका अनिश थापा बने नवौँ लिगलिगे राजा

नेपाली सेनाका अनिश थापा बने नवौँ लिगलिगे राजा


गोरखा

यो वर्षको लिगलिगे राजा हुन सफल नेपाली सेनाका अनिश थापालाई पर्यटनमन्त्री रवीन्द्र अधिकारीले श्रीपेच लगाइदिएका छन् । चेपे र मस्र्याङ्दी दोभानदेखि लिगलिगकोट सम्मको १३.५ किलोमिटर ५८.२५ मिनेटमा पार गर्दै एक वर्षका लागि लिगलिगे राजा बन्न सफल थापालाई एक कार्यक्रमबीच मन्त्री अधिकारीले श्रीपेच लगाइदिएका हुन् ।

एक सय २२ जनालाई पछि पार्दै नेपाली सेनाका थापा नवौं लिगलिगे राजा बन्न सफल भएका हुन् । थापालाई एक समारोहबीच मन्त्री अधिकारीले श्रीपेच पहि¥याई सम्मान गरेका हुन् ।

श्रीपेचसँगै ६० हजार रुपैयाँ पुरस्कार वितरणपछि उनलाई पालुङ्टार नगरपरिक्रमा गराइएको आयोजक पालुङ्टार नगरपालिका आयोजक संस्था लिगलिग विकास अभियानले जनाएको छ ।

यो दौडमा निर्धारित दूरी ५८.४० मिनेटमा पार गर्दै बाग्लुङका तीर्थ पुन दोस्रो भए । ५९.२१ मिनेटमा पार गरी नेपाली सेनाका रामजी बस्नेत तेस्रो भए । दोस्रो भएका पुनले ३५ हजार र तेस्रो भएका बस्नेतले २५ हजार रुपैयाँ पुरस्कार पाए ।

इतिहास अनुसार लम्जुङका राजकुमार द्रव्य शाह चेपेघाटबाट लिगलिगकोट सम्म दौडेर राजा बनेका थिए । त्यही इतिहासको सम्झनामा नौ वर्ष अघि देखि लिगलिगकोट विकास अभियानले दौड गराउँदै आएको छ ।
अन्नपूर्णबाट

Skip This
Logo