काठमाडौं । चर्चित निर्मला पन्तको प्रकरणमा प्रहरी अपराधी नजिक पुगेको तत्कालिन कञ्चनपुर प्रहरी प्रमुख एसपी डिल्लीराज विष्टले बताएका छन् । "/>

निर्मला प्रकरणमा एसपी डिल्लीराज बिष्ट भन्छन्, ‘अनुसन्धान अपराधी नजिक’ (भिडियो अन्तर्वार्ता)

निर्मला प्रकरणमा एसपी डिल्लीराज बिष्ट भन्छन्, ‘अनुसन्धान अपराधी नजिक’ (भिडियो अन्तर्वार्ता)


काठमाडौं । चर्चित निर्मला पन्तको प्रकरणमा प्रहरी अपराधी नजिक पुगेको तत्कालिन कञ्चनपुर प्रहरी प्रमुख एसपी डिल्लीराज विष्टले बताएका छन् । उक्त घटनामा प्रमाण मेटाएको आरोप लागेर निलम्बनमा परेका एसपी बिष्टले प्रहरी अपराधी नजिक पुगेको बताएका हुन् ।

आफ्नो अनुसन्धान कार्यकालमा काम गर्न नदिएर आफुमाथि अमानवीय आरोप लागेको दाबी गर्दै उनले भने, ‘मेरै कार्यकालमा हामी अपराधी नजिक पुगिसकेका थियौं । तर चर्किएको आन्दोलनले काम गर्न सकिएन् । अहिले प्रहरीले केही सतप्रतिशत शंकास्पद व्यक्तिमाथि अनुसन्धान गरिरहेको छ । छिट्टै अपराधी कानुनी दायराभित्र आउँछ ।’

प्रहरीले यो घटनालाई सुरुदेखि नै गम्भीर रुपमा लिएको दाबी गर्दै उनले भने, ‘राजनीतिक प्रतिसोधका कारण हामीलाई काम गर्न दिईएन् । जसले गर्दा मुख्य अपराधी जो थियो, त्यो उम्किन सफल भयो ।’

यो घटनामा सुरुदेखि नै राजनीतिकरण गरियो । घटनालाई राजनीतिक रुप दिँदा प्रहरीले अनुसन्धान गर्न पाएन्, लामो समयसम्म आन्दोलनको सामना गर्दा दोषी उम्किन सफल भयो । सबैभन्दा अप्ठेरो परेको भनेको आन्दोलन हो । घटनास्थलमा लाश फेला परेदेखि नै आन्दोलन सुरु गर्दा अनुसन्धानमा समस्या भयो ।

लाश फेला परेको ठाउँमा ‘एसपी, सिडिओ आउनुपर्छ भन्ने कि मेयर आउनुपर्छ भन्ने ?’ मेयरलाई खोजी गर्ने कि एसपी सिडिओलाई खोज्ने ? मेयरलाई घटनास्थलमा बोलाउँदादेखि नै यो घटनालाई राजनीतिकरण गर्न सुरु भयो । लाशलाई नगरपालिकामा लाने कि अञ्चल अस्पताल लाने ?’

दिलिपलाई सार्वजनिक गर्दा नै उनको बयानको आधारमा उनी दोषी हुन भनेका थियौं । त्यसपछिका पाटाहरु उनको मानसिक स्वास्थ्य परीक्षणदेखि आवश्यक परेको खण्डमा डिएनए परीक्षण पनि गर्छौ भनेका थियौं । हामीले केवल अदालतबाट म्याद थप गरेर अनुसन्धान न गरिरहेका थियौं । थप भिडियोमाः

Logo