काठमाडौँ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिराहा जिल्लाको साबिक देवीपुरका गाविस सचिव जीवनकुमार धितालले १८ लाख ३९ हजार ३५२ बराबरको भ्रष्टाचार गरेको अभियोगमा मंगलबार विशेष अदालतमा मुद्दा दायर गरेको छ । "/>

सामाजिक सुरक्षा भत्ताको दुरुपयोग गर्ने विरुद्ध अख्तियारमा मुद्दा दायर

सामाजिक सुरक्षा भत्ताको दुरुपयोग गर्ने विरुद्ध अख्तियारमा मुद्दा दायर


काठमाडौँ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिराहा जिल्लाको साबिक देवीपुरका गाविस सचिव जीवनकुमार धितालले १८ लाख ३९ हजार ३५२ बराबरको भ्रष्टाचार गरेको अभियोगमा मंगलबार विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आयोगका अनुसार उनी विरुद्ध आव २०७३/७४ मा सामाजिक सुरक्षा कार्यक्रम अन्तर्गत ज्येष्ठ नागरिक, असहाय, विधवा, अशक्त, अपाङ्ग तथा बालपोषणको रकम झिकी हालसम्म पनि नबाँडेको र विकास निर्माणको रकमसमेत हिनामिना गरेको अभियोग लागेको छ । बैंकबाट सरकारी बजेट निकाली आफ्नो घर व्यवहारमा लगाई सरकारी रकम दुरुपयोग तथा हिनामिना गरी भ्रष्टाचार गरेको पाइएको आयोगले जनाएको छ ।

यस्तै आयोगले जिल्ला प्रहरी कार्यालय, सर्लाहीमा कार्यरत प्रहरी हबल्दार नुरूल होदा अन्सारीले ३० हजार घुस लिएको अभियोगमा मलङ्गवा नगरपालिका–१० स्थित टावरचोकबाट हिजो नै पक्राउ गरेको छ । नेपाल–भारत सीमा बजारबाट सामान ल्याउन सहज बनाइदिने प्रलोभन देखाई सेवाग्राहीसँग हबल्दार अन्सारीले घुस माग्दामाग्दै आयोगको टोलीले पक्राउ गरेको थियो । आयोगले जिल्ला स्वास्थ्य कार्यालय, जुम्लामा परिवार नियोजन सुपरभाइजर पदमा कार्यरत देवबहादुर सुवेदीको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली भएको अभियोगमा मंगलबार विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
रासस

Logo