काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रविन्द्र अधिकारीले सन् २०२० भित्र नेपालमा २० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य रहेको बताएका छन् । "/>

के सन् २०२० सम्म २० लाख विदेशी पर्यटक भित्र्याउन सकिएला ?

के सन् २०२० सम्म २० लाख विदेशी पर्यटक भित्र्याउन सकिएला ?


काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रविन्द्र अधिकारीले सन् २०२० भित्र नेपालमा २० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य रहेको बताएका छन् । २०२० सम्म २० लाख विदेशी पर्यटक भित्र्याउने गरी सरकार लागिपरेको भन्दै यसको लागि सबैलाई पहल गर्न आह्वान गरे ।

मन्त्री अधिकारीले पर्यटन भ्रमण वर्ष २०२० लाई सफल बनाउन सरकारले पर्यटन क्षेत्रको प्रवद्र्धनका लागि सूचना र प्रविधिको प्रयोगमा अधिकतम पहल गरिरहेको स्पष्ट पारे । बिहिबार विश्व पर्यटन दिवसको अवसर पारेर काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले पर्यटन क्षेत्रको विकासका लागि सरकारले पूर्वाधार विकासको कामलाई जोड दिएको स्मरण गराए ।

त्यस अवसरमा मन्त्री अधिकारीले १ वर्ष भित्र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गरिसक्ने घोषणा गरे । उनले नेपालमा पर्यटन क्षेत्रको विकास उत्साहजनक रुपमा अघि बढाउन सरकार क्रियाशील रहेको दावी गरे ।

सन् २०२० भित्र १ अर्ब ६० करोड पर्यटकले विश्व भ्रमण गर्ने विभिन्न अध्ययनले देखाएको उल्लेख गर्दै मन्त्री अधिकारीले उनीहरुलाई नेपाल आउने वातावरण बनाउन सरकार लागि परेको दावी गरे ।

विश्व पर्यटन दिवसको अवसरमा बिहीबार पूर्वी नाकाबाट नेपाल प्रवेश गरेका प्रथम पर्यटकलाई हरियो पोते र ढाका टोपीले स्वागत गर्दै कर्मचारी । तस्वीर: चन्द्रकला भण्डारी, झापा, रासस

Logo