काठमाडौं

सत्तारूढ दलकै नेताहरु सरकारको विरोधमा उत्रन थालेका छन् । सरकारको कामकारबाहीप्रति असन्तुष्टि जनाउँदै उनीहरू सार्वजनिक रूपमै विरोधमा उत्रिएका हुन् । "/>

सरकारको विरोधमा सत्तारूढ दलकै नेताहरु : माधव नेपाल खुलेरै विरोधमा

सरकारको विरोधमा सत्तारूढ दलकै नेताहरु : माधव नेपाल खुलेरै विरोधमा


काठमाडौं

सत्तारूढ दलकै नेताहरु सरकारको विरोधमा उत्रन थालेका छन् । सरकारको कामकारबाहीप्रति असन्तुष्टि जनाउँदै उनीहरू सार्वजनिक रूपमै विरोधमा उत्रिएका हुन् । पछिल्लो समय भइरहेका बलात्कार, अव्यवस्था, भ्रष्टाचार र अनियमितताविरुद्ध नेकपाका नेताले नै सरकारको आलोचना र विरोध गर्न थालेका हुन् । यतिबेला नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल नै सरकारको आलोचनामा उत्रिएका छन् । मुलुकमा भ्रष्टाचार, अव्यवस्था अति भइसकेको उनले बताए ।

‘अहिले म यहाँ मात्रै बोल्छु, अब संसदमा पनि बोल्छु’, पूर्वप्रधानमन्त्री नेपालले काठमाडौंका ११ वटै स्थानीय तहबाट सम्पादित कार्यको वार्षिक समीक्षा कार्यक्रममा भने । उनले चाबहिल–जोरपाटीको बाटो निर्माणमा मन्त्रीले नै ढाँटेको भन्दै आक्रोश व्यक्त गरेका छन् ।

‘साँखु जाने बाटो कहिलेसम्म यस्तो, बौद्ध जोरपाटीको बाटो के भयो यस्तो’ भन्ने गीत सुनाउँदै नेता नेपालले उक्त बाटो तत्काल नबने मन्त्रीले पनि गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी दिए ।

भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री रघुवीर महासेठप्रति लक्ष्य गर्दै नेता नेपालले मन्त्रीले गरेका प्रतिबद्धता पूरा नगरेको आलोचना समेत गरे । ‘मैले त्यो बाटो तत्काल बनाउनुहोस् भनें, मन्त्रीले ढुक्क हुनुहोस् भने । तर ढुक्क हुन सकिनँ, अनि सँगै लिएर गएँ ’, उनले भने, ‘तर अहिलेसम्म त्यो बाटो जस्ताको त्यस्तै छ, हामीले भन्दा त मन्त्रीले सुन्दैनन् भने जनताले भन्दा के होला ?’

भ्रष्ट कर्मचारीसँगै मन्त्री मिलेको हुन सक्ने आशंका गर्दै नेता नेपालले मन्त्रीको काममा पनि केही गडबडी छ भन्ने आंशका जागेको बताए । विकास निर्माणका काम समयमै हुन नसक्नुको प्रमुख कारण भ्रष्टाचार भएको उनको भनाइ छ । बाटो किन बिग्रिन्छ, किन समय बन्दैनन्, त्यो सब भ्रष्टाचारले गर्दा हो, नालायक इन्जिनियर छन्,’ उनले भने, ‘कोही दण्डित हुँदैनन्, सबै मिलेका छन्, सजायँ हुन नसकेकै कारण भ्रष्टाचार बढेको हो ।’ पैसा खाएपछि दण्ड दिने साहस नै नहुने पूर्वप्रधानमन्त्री नेपालको दाबी छ । स्थानीय तहका पदाधिकारीलाई भ्रष्टाचारमा नलाग्न समेत उनले आग्रह गरे।
अन्नपूर्णबाट

Logo