राजविराज

भारतले कोसी ब्यारेज भन्दा मुनि पाइलट च्यानल बनाएर पानी पश्चिमतर्फ फर्काएपछि सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाका तीन वटा वडाका सयौं घर डुबानमा परेका छन् । "/>

भारतले कोसीको पानी फर्काएपछि १ सय २५ घर डुबानमा

भारतले कोसीको पानी फर्काएपछि १ सय २५ घर डुबानमा


राजविराज

भारतले कोसी ब्यारेज भन्दा मुनि पाइलट च्यानल बनाएर पानी पश्चिमतर्फ फर्काएपछि सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाका तीन वटा वडाका सयौं घर डुबानमा परेका छन् ।

कंकालिनी नगरपालिका ७, ८ र १२ का करिब एक सय २५ घर डुबानमा परेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जानकारी दिएको छ । डीएसपी भावेश रिमालका अनुसार हनुमाननगरबाट बरही नहर जोड्ने बाँधका कारण मुखिया टोल र मुसहरी टोलमा बसोबास गर्ने एक सय २५ घरधुरी डुबानमा परेका हुन् ।

राति करिब नौ बजे पसेको पानीले कोसी बाँध भन्दा तल रहेको हनुमाननगर कंकालिनी नगरपालिकाको कार्यालय, नगरपालिका कार्यालय पूर्व, पश्चिम र दक्षिणमा रहेका हटिया, बस्ती तथा लिल्जा ठाकुर प्राथमिक विद्यालय डुबानमा परेका हुन् । बाँध निर्माण भइसकेपछि सोमबार च्यानलको प्रयोग गरेर भारतीय अधिकारीले आफूखुसी पानी पश्चिमतर्फ फर्काएकाले सामान्य वर्षामै पानी गाउँ पसेको स्थानीयको आरोप छ ।

भारत सरकारको कोसी योजनाले यसवर्ष कोसी ब्यारेज भन्दा तल कोसीको मुलधारलाई पाइलट च्यानलका माध्यमबाट पश्चिमतर्फ फर्काएको हो । कोसी योजनाका अधिकारीले ब्यारेजको २८ नम्बर ढोका सामुन्नेबाट पाइलट च्यानल खनेर बहावलाई पश्चिमतर्फ मोडेका हुन् । भारतीय कोसी योजनाका अधिकारी र भारतीय ठेकेदारले आफूखुशी कोसीको बहावलाई च्यानल खनेर पश्चिमतर्फ फर्काएपछि हनुमाननगर र तिलाठी कोइलाडीका बस्ती जोखिममा परेका छन् ।
अन्नपूर्णबाट

Logo