विराटनगर

आइतबार दिउँसो विराटनगर महानगरपालिका कार्यालयमा बम विस्फोट गराएको आशंका प्रहरीले नौ जनालाई नियन्त्रणमा लिएको छ । "/>

विराटनगर बम विस्फोटमा संलग्न नौ जना पक्राउ

विराटनगर बम विस्फोटमा संलग्न नौ जना पक्राउ


विराटनगर

आइतबार दिउँसो विराटनगर महानगरपालिका कार्यालयमा बम विस्फोट गराएको आशंका प्रहरीले नौ जनालाई नियन्त्रणमा लिएको छ ।

अनुसन्धानका लागि प्रहरीले पक्राउ गरेका सबैको नाम गोप्य राखिएको छ । राजनीतिक आवद्धता र विगत गोप्य राखेर अनुसन्धान अगाडि बढाइएको मोरङका प्रहरी प्रमुख डीएसपी निशान थापाले जानकारी दिए ।

केही दिन अघि नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले महानगरसँग चन्दा मागरेको थियो । त्यसकै आधारमा विस्फोटमा नेकपाको संलग्नता रहेको आशंका समेत गरिएको छ । प्रहरीले भने यो विषयमा केही खुलाएको छैन ।

बम विस्फोट भएको स्थानमा टिनका टुक्रा र धातु बाहेक अन्य केही कागजात फेला परेको छैन । बम विस्फोटपछि बसेको मोरङ जिल्ला सुरक्षा समितिको बैठकले सुरक्षा कडा पार्ने निर्णय गरेको छ । आइतबार दिउँसो २ बजे महानगरका मेयर भीम पराजुलीको कार्यकक्ष नजिकै बम विस्फोट भएको हो। बम विस्फोटबाट मेयरको को १ झ ४९४ नम्बरको गाडी, कार्यालयको झ्यालका सिसा र दराजमा क्षति पुगेको छ ।

Logo