लिपस्टिक लगाउनुका फरक किसिमका फाइदाहरु

लिपस्टिक लगाउनुका फरक किसिमका फाइदाहरु


लिपस्टिकको प्रयोग महिलाहरुले ओठको सौन्दर्यतालाई निखार ल्याउनमा बढी प्रयोग गर्ने गर्छन् । लिपस्टिकको अधिकांश प्रयोगकर्तालाई पनि यही कुरा मात्र थाहा भएको पनि हुन्छ । ब्यूटि एक्सपर्टहरुका अनुसार यदी अनुहारको छाला अनुसार लिपस्टिकको रंग छान्न सकेमा सौन्दर्यतामा अझ बढी निखार आउने बताउछन् । लिपस्टिकको निर्माण विभिन्न केमिकल र सामाग्रीहरुको प्रयोग गरेर भएको हुन्छ । त्यसैले लिपस्टिकको प्रयोग गर्नु भन्दा अगाडी त्यसमा रहेको इन्टिग्रेन्टहरुको वारेमा जानकारी राख्नु राम्रो हुन्छ । यसले ओठको सौन्दर्यता मात्र नबढाएर ओठको अवस्थालाई राम्रो पनि बनाउछ ।

यूभी किरणवाट बचाउछ

गुणस्तरिय लिपस्टिकको प्रयोगले सूर्यको सोझैं प्रकाशवाट ओठमा पर्ने असरलाई रोक्छ । यूभी किरणको प्रभाव छालामा लगातार पर्दा बिभिन्न किसिमका छालाका समस्याहरु देखा पर्ने हुन्छ । ओठको छाला मुलायम र संबेदनशिल हुने हुनाले लिपस्टिकको प्रयोगले ओठको छालामा पर्ने प्रभावलाई रोक्ने गर्छ ।

मुस्कानलाई आकर्षक बनाउछ:

लिपस्टिकले अनुहारको बनावटमै परिवर्तन पनि ल्याउने गर्छ । लिपस्टिकको उत्कृष्ठ रंग र गुणस्तरलाई छान्न सकेमा मुस्कानमा अझ बढी चमक आउने पक्का रहेको छ ।

लिपस्टिकले आत्मबिश्वास बढाउछ:

कुनै युवती वा महिलाले लिपस्टिक नलगाएको अवस्थामा हेर्नेलाई भन्दा पनि नलगाउने ब्यक्ति आफैंलाई केही कुरा छुटेको जस्तो, आफ्नो सौन्दर्यता नखुलेको जस्तो भान भैरहेको हुन्छ । यदी लिपस्टिक लगाएको खण्डमा आफुमा सौन्दर्यता बढेको महसुस गरेपछि उनीहरुमा आत्मबिश्वास बढी रहेको हुन्छ । आत्मविश्वास बढेपछि युवाती वा महिलामा आकर्षणपन पनि बढी रहेको हुन्छ ।

मनस्थितीमा सुधार:

लिपस्टिक सौन्दर्यको साधन भएपनि यसले महिलाको मनस्थितीमा परिवर्तन ल्याउने काम पनि गर्छ । यदी लिपस्टिक लगाएर बाहिर निस्कियो भने मुड राम्रो हुन्छ भने महिलाले आफुलाई सशक्त भएको महसुस समेत गर्छन् भने उनीहरुमा कुनै पनि किसिमको काम गर्ने जोश र जाँगर बढीनै हुने समेत गर्छ ।

लिपस्टिकले ग्ल्यामर बढाउछ:

लिपस्टिक लगाएको अवस्थामा युवती वा महिलालाई बढी नै आकर्षक देखिन्छ । यस्तो अवस्थामा अगाडी भएका कुनै पनि पुरुषलाई लिपस्टिक लगाएको महिला अतिनै आकर्षक देखिनछ । सहि लिपस्टिकको छनोट गरेर सोही अनुसार मिल्ने किसिमको ड्रेसको छनोट गर्न सकेमा महिलालाई ग्ल्यामरस समेत देखिन्छ ।

Logo