महेन्द्रनगर

बालिकाको हत्यारालाई पत्ता लगाउन माग गर्दै स्थानीयले महेन्द्रनगर बजार बन्द गरेका छन । "/>

बालिका हत्यारा पत्ता लगाउन माग गर्दै शनिबार महेन्द्रनगर बजार बन्द

बालिका हत्यारा पत्ता लगाउन माग गर्दै शनिबार महेन्द्रनगर बजार बन्द


महेन्द्रनगर

बालिकाको हत्यारालाई पत्ता लगाउन माग गर्दै स्थानीयले महेन्द्रनगर बजार बन्द गरेका छन । कन्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर २ की १३ वर्षीया बालिका निर्मला पन्तको शव शुक्रबार उखुवारीमा भेटिएको थियो । शव फेला परेपछि हत्यारा पत्ता लगाउन माग गर्दै स्थानीय बासिन्दाले शनिबार महेन्द्रनगर बजार बन्द गरेका हुन् ।

शुक्रवार बालिकाको शव नगरपालिकाको वडा नम्बर १८ निम्बुखेडा स्थीत उखुबारीमा फेला परेपछि स्थानीय बासिन्दाले शुक्रबार देखि नै महेन्द्रनगर बजारमा विरोध प्रदर्शन गर्दै आएका छन । बजार क्षेत्रका विभिन्न ठाउँमा स्थानीय बासिन्दाले नारा जुलुससँगै टायर बालेर विरोध प्रर्दशन गरेका छन् ।

विरोध प्रर्दशनमा सहभागी रहेका सुरज पन्त लगायत दुई जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक ज्ञान बहादुर सेटीले बताए । शंकास्पद व्यक्तिहरूलाई नियन्त्रणमा लिने र छाडने कार्य भइरहे पनि हालसम्म हत्यारा पत्ता लाग्न नसकेको उनले बताए । हत्याराको खोजीका लागि प्रहरीको टोलीलाई खटाइ सकेको बताउदै उनले अनुसन्धान र सुरक्षाको लागि बजार क्षेत्रमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको बताए । उनले बालिकाका हत्यारालाई पत्ता लगाउन माग गर्दै पूर्व–पश्चिम राजमार्ग क्षेत्रमा समेत स्थानिय बासिन्दाले अवरोध गरेको बताए ।
राजधानीबाट

 

Logo