भारतमा वरिष्ठ पत्रकारसहित ४ जनाको हत्या

भारतमा वरिष्ठ पत्रकारसहित ४ जनाको हत्या


भारतको जम्मु कश्मीरमा वरिष्ठ पत्रकार एवम् ‘राइजिङ कश्मीर’ का सम्पादकसहित ४ जनाको हत्या भएको छ । सम्पादक शुजात बुखारी र दुई सुरक्षाकर्मीको बिहीबार साँझ लाल चोक नजिक गोली हानी हत्या भएको हो।

त्यसलगत्तै बिहीबार राति एक सैनिकको हत्या गरेको अवस्थामा शव फेला परेको छ । जम्मु कश्मीरको पुलवामको कलमपोरा भन्ने ठाउँबाट अपहरणमा परेका भारतीय सेनाका जवान औरंगजेबको हत्या भएको अवस्थामा शव फेला परेको हो ।

बीबीसीले जनाएअनुसार ४८ वर्षका बुखारी श्रीनगरको लालचोक सिटी सेन्टरबाट एउटा पार्टीमा जाँदै थिए । मोटरसाइकलमा आएका आक्रमणकारीको प्रहारबाट सम्पादक बुखारीमाथि अन्धाधुन्द गोली हानिएको समाचारमा जनाइएको छ ।

यसअघि सन् २००० मा पनि उनीमाथि हत्या प्रयास भएको थियो। त्यसपछि उनको सुरक्षाका लागि प्रहरी खटाइएको थियो। यसैबीच जम्मु कश्मीरका मुख्यमन्त्री महबूबा मुफ्तीले बुखारीको हत्यामा शोक व्यक्त गरेकी छन्।

Logo