काठमाडौं

निर्वाचन आयोगमा बुधवार दर्ता गरेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सँगै संसदमा प्रतिनिधित्व गर्ने कुनै पनि राजनीतिक दलले पार्टीको केन्द्रीय कमिटी लगायतका सबै पदमा कम्तीमा ३३ प्रतिशत महिला सहभागी गराउनु पर्ने नियम पालना गरेका छैनन् । "/>

कुनै दलले पनि ३३ प्रतिशत महिला पुर्याउन सकेनन्

कुनै दलले पनि ३३ प्रतिशत महिला पुर्याउन सकेनन्


काठमाडौं

निर्वाचन आयोगमा बुधवार दर्ता गरेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सँगै संसदमा प्रतिनिधित्व गर्ने कुनै पनि राजनीतिक दलले पार्टीको केन्द्रीय कमिटी लगायतका सबै पदमा कम्तीमा ३३ प्रतिशत महिला सहभागी गराउनु पर्ने नियम पालना गरेका छैनन् ।

राजनीतिक दलमा ३३ प्रतिशत महिला हुनै पर्ने राजनीतिक दल सम्बन्धी ऐनको प्रावधान विपरीत संसदमा प्रतिनिधित्व गरेका सबै राजनीतिक दलले ३३ प्रतिशत महिला सहभागी गराउनु पर्ने नियमको उल्लंघन गरेका हुन् । बुधवार दर्ता भएको संसद्कै पहिलो दल नेकपा सहित दोस्रो दल नेपाली कांग्रेस, तेस्रो तल राष्ट्रिय जनता पार्टी र चौथो दल संघीय समाजवादी फोरमले केन्द्रिय कमिटी सहित सबै विभाग र संगठनमा ३३ प्रतिशत महिला हुनुपर्ने व्यवस्थाको उल्लंघन गरेका हुन् ।

राजनीतिक दल दर्ता ऐन को दफा १५ को उपदफा ४ मा दलका सबै तहको समितिमा कम्तीमा एकतिहाइ महिला सदस्य हुनै पर्ने व्यवस्था छ । तर यो नियम संसदमा प्रतिनिधित्व गरेका दल र आयोगमा दर्ता भएका सबैजसो दलले उल्लंघन गरेका छन् । एमाले र माओवादी एककीरण भई बुधवार दर्ता भएको नेकपाका ४ सय ४१ केन्द्रीय सदस्य मध्ये महिलाको संख्या ७५ जना मात्रै छ ।

यो कुल संख्याको १७ दशमलव ६८ प्रतिशत हो । ३३ प्रतिशत महिला संख्या पुर्याउन अहिलेको संख्याको करिब दोब्बर अर्थात १ सय ४५ जना महिला केन्द्रीय सदस्य हुनुपर्छ । तत्कालीन नेकपा एमाले र एकिकृत माओवादी एकीकरण भई गठित नेकपा दर्ताका लागि जेठ ३ गते निवेदन दिए पनि महिला संख्याका कारण दर्ता हुन सकेको थिएन । त्यसैगरी संसद्को दोस्रो दल नेपाली कांग्रेसले पनि महिला सहभागिता ३३ प्रतिशत पुर्याउनु पर्ने कानुनको उल्लंघन गरेको छ । कांग्रेसको ८५ सदस्यीय केन्द्रीय कार्यसमितिमा १७ जना मात्रै महिला छन् । यो कुल संख्याको २० प्रतिशत हो । कानुन अनुसार कांग्रेसको केन्द्रीय समितिमा ३३ प्रतिशत पुग्न २८ जना महिला हुनुपर्छ ।

एमाले र माओवादी केन्द्र नाम राखेर दल दर्ता गर्न नपाइने

अब नेकपा एमाले र माओवादी केन्द्र नाम राखेर अरु कसैले दल दर्ता गर्न नपाउने भएका छन् । नेकपा एमाले र माओवादी केन्द्रबीच एकीकरण भई नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बुधवार निर्वाचन आयोगमा दर्ता भएपछि पनि अब कसैले नेकपा एमाले वा माओवादी केन्द्र नाम राख्न नपाउने भएका हुन् । निर्वाचन आयोगले विज्ञप्ति जारी गर्दै राजनीतिक दलसम्बन्धी ऐनको दफा १० बमोजिम कसैले नेकपा एमाले र माओवादी केन्द्र नाम राख्न नपाउने र गोलाकार भित्रको हँसिया हथौडा चुनाव चिन्ह समेत लिन नपाउने जनाएको छ ।

राजनीतिक दलसम्बन्धी ऐनको दफा १० को उपदफा ७ मा दुई वा दुईभन्दा बढी दल एकीकरण भएमा वा गाभिएमा एकीकरण हुनु वा गाभिनुअघि ती दलले प्रयोग गरेको नाम, झण्डा वा चिन्ह एक वर्षसम्म कसैले प्रयोग गर्न नपाउने उल्लेख छ ।
नागरिकबाट

Logo