काठमाडौँ

सभामुख कृष्णबहादुर महराले गणतन्त्र प्राप्तिका लागि संघर्षका दौरान घाइते भएका सबै योद्धाको स्वास्थ्यलाभको कामना गर्दै उनीहरुको योगदानको सम्मान गरिने बताएका छन् । "/>

हरेक नेपाली सुखी भए गणतान्त्रिक शासन व्यवस्था सुदृढ हुन्छः सभामुख

हरेक नेपाली सुखी भए गणतान्त्रिक शासन व्यवस्था सुदृढ हुन्छः सभामुख


काठमाडौँ

सभामुख कृष्णबहादुर महराले गणतन्त्र प्राप्तिका लागि संघर्षका दौरान घाइते भएका सबै योद्धाको स्वास्थ्यलाभको कामना गर्दै उनीहरुको योगदानको सम्मान गरिने बताएका छन् । उनले गणतन्त्र दिवसका अवसरमा आज शुभकामना सन्देश दिँदै हरेक नेपाली नागरिकले वास्तविक रुपमा गणतन्त्र नेपालको अनुभूति हुने गरी राज्यले देशको विकास, समृद्धि र देशवासीमा आपसी सद्भावको वातावरण बनाउने बताएका छन् ।

“हरेक नेपाली सुखी र खुशी भए मात्रै गणतान्त्रिक शासन व्यवस्था सुदृढ हुन सक्छ’ सन्देशमा भनिएको छ, “देशको सार्वभौमिकता, स्वाधीनता र राष्ट्रिय एकतालाई अझै सुदृढ गर्दै देशलाई आर्थिक विकासको मार्गमा अगाडि बढाउन सके वास्तविक अर्थमा गणतन्त्र दिवस मनाउनुको सार्थकता हुनेछ ।”
रासस

Logo