काठमाडौं

एकै महिनामा तीन हिमाल आरोहण गर्दै निमाजाङ्मु शेर्पाले साहसिक विश्व कीर्तिमान कायम गरेकी छन् । "/>

एकै महिनामा ३ शिखर चढ्ने विश्व किर्तिमान निमाजाङ्मु शेर्पालाई

एकै महिनामा ३ शिखर चढ्ने विश्व किर्तिमान निमाजाङ्मु शेर्पालाई


काठमाडौं

एकै महिनामा तीन हिमाल आरोहण गर्दै निमाजाङ्मु शेर्पाले साहसिक विश्व कीर्तिमान कायम गरेकी छन् । ६५ वर्षको आरोहण इतिहासमा एक महिना भित्रै सगरमाथा, ल्होत्से र कञ्चनजंघाको सफल आरोहण गरेर निमाले पहिलो साहसिक आरोहीको कीर्तिमान बनाएकी हुन् ।

२७ वर्षीया निमा दोलखाको रोल्वालिङ बेविङकी हुन् । निमाले वैशाख १६ गते ल्होत्से (८ हजार ५ सय १६ मिटर), वैशाख ३१ गते सगरमाथा (८ हजार ८ सय ४८ मिटर) र जेठ ९ गते कञ्चनजंघा (८ हजार ५ सय ८६ मिटर) हिमालको सफल आरोहण गरेकी हुन् । कठिन र निकै जोखिम आरोहण मानिने कञ्चनजंघा हिमालको बुधबार बिहान ६ः२० बजे चुचुरो चुमेपछि निमाले विश्व कीर्तिमान कायम गरेको माउन्ट एभरेस्ट समिट क्लब रोल्वालिङका अध्यक्ष पासाङ तेन्जिङ शेर्पाले जानकारी दिए ।

निमाले सहजै एक महिनाको छोटो समयमै तीन अग्ला हिमाल आरोहण गरेर साहसिक र शक्तिशाली आरोहीमा नाम राखेको शेर्पाले बताए । निमाले बाल्यकाल देखि नै भरिया भएर रोल्वालिङबाट खुम्बु प्रवेश गर्ने पाँच हजार पाँच सय मिटरको टासीलाप्चालाई कार्य क्षेत्र बनाउँदै आएकी थिइन् । आरोहणमा निकै कठिन मानिने कञ्चनजंघामा यसै वर्ष मात्र ४४ जनाले आरोहण अनुमति लिए पनि आधा बढी बीचैबाट फर्केका थिए ।
अन्नपूर्णबाट

Logo