काठमाडौँ

चार वर्ष अघि भारतबाट रुपन्देही सम्म पेट्रोलियम पदार्थ ढुवानीमा भएको घोटालाका १७ आरोपीलाई विशेष अदालतले शुक्रबार दोषी ठहर गरेको छ । "/>

उपनिर्देशक र प्रबन्धक सहित १७ जनालाई जेल सजायँ

उपनिर्देशक र प्रबन्धक सहित १७ जनालाई जेल सजायँ


काठमाडौँ

चार वर्ष अघि भारतबाट रुपन्देही सम्म पेट्रोलियम पदार्थ ढुवानीमा भएको घोटालाका १७ आरोपीलाई विशेष अदालतले शुक्रबार दोषी ठहर गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ९८ जना विरुद्ध दायर गरेको मुद्दामा अदालतले नेपाल आयल निगमका पश्चिमाञ्चल क्षेत्रीय कार्यालयका उपनिर्देशक नागेन्द्र कुमार कुर्मी सहित १७ जनालाई भ्रष्टाचारी ठहर गरेको हो । कुर्मी सहित प्रबन्धकद्वय दीपेन्द्र बस्नेत र रविनकुमार रावतलाई डेढ वर्ष जेल तथा ६ लाख ७० हजार ९ सय १० रुपैयाँ बिगो असुल गर्न अदालतको आदेश छ ।

भारतको बेतालपुरबाट रुपन्देहीको भलवारीस्थित डिपोमा पेट्रोलियम पदार्थ ढुवानी गर्ने क्रममा निगमका कर्मचारीकै संलग्नतामा बाटोमै इन्धन चोरी हुने गरेको अनुसन्धानमा भेटिएपछि अख्तियारले ३१ भदौ ०७१ मा मुद्दा दायर गरेको थियो । न्यायाधीश बाबुराम रेग्मी, द्वारिकामान जोशी र प्रमोदकुमार श्रेष्ठ वैद्यको इजलासले फैसला सुनाएको हो ।
नयाँ पत्रिकाबाट

Logo