काठमाडौँ

पूर्वराजा ज्ञानेन्द्र शाह वैशाख ३० गते बारा जिल्लाको सिमरा जाने भएका छन् । "/>

पूर्वराजा वैशाख ३० गते सिमरा जाँदै

पूर्वराजा वैशाख ३० गते सिमरा जाँदै


काठमाडौँ

पूर्वराजा ज्ञानेन्द्र शाह वैशाख ३० गते बारा जिल्लाको सिमरा जाने भएका छन् । उनीसँगै उनका निजी सचिव सागर तिमल्सिना, अर्दली, सशस्त्रका सुरक्षाकर्मी लगायतको टोली करिब तीन साता लामो भ्रमणका लागि त्यसतर्फ जान लागेको निर्मल निवास स्रोतले जनाएको छ ।

त्यस अवसरमा सिमरामा रहेका बालसखा प्रभु शमशेरको घरमा बसी त्यहीँबाट राजनीतिक भेट गर्ने बताइएको छ । उक्त क्रममा उनले विभिन्न राजावादी दलका नेता, कार्यकर्तासँग भेटघाट गर्ने कार्यक्रम रहेको स्रोतले जनाएको छ । पूर्वराजा ज्ञानेन्द्रले गत चैत ५ गते कमल थापा नेतृत्वको राप्रपा नेपाल, पशुपति शमशेर नेतृत्वको राप्रपा र डा. प्रकाशचन्द्र लोहनीनिकट राप्रपा राष्ट्रवादीका नेतालाई भेटेर आफू पुनः राजनीतिमा आउने इच्छा प्रकट गरेका थिए ।

उनले तराईका राजावादी टोलीलाई भेट्ने र मठमन्दिर दर्शन गर्ने कार्यक्रम रहेको बताइए पनि को कसलाई भेट्ने भन्नेबारे पछि टुङ्गो लाग्ने निर्मल निवास स्रोतको भनार्इ छ । मध्य तराई भ्रमण लगत्तै पूर्वराजा ज्ञानेन्द्रको भ्रमण पश्चिमाञ्चल हुने भएको बताइएको छ ।
नेपाल समाचारपत्रबाट

Logo