नेकपा सचिवालय बैठक सकियो, अर्को बैठक मंसिर ३ गते बस्‍ने

नेकपा सचिवालय बैठक सकियो, अर्को बैठक मंसिर ३ गते बस्‍ने


काठमाडौं ।

आज बसेको नेकपाको सचिवालय बैठक सकिएको छ । अपराह्न ४ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बसेको थियो ।

आज केहीबेर बसेर सकिएको बैठक आगामी मंसिर ३ गतेसम्मका लागि स्थगित भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

आजको बैठकमा कात्तिक २२ मा कार्यकारी अध्यक्ष पुष्पकमल दाहालसहित सचिवालयका ५ नेताले प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीलाई बुझाएको पत्र र त्यसको जवाफमा प्रधानमन्त्रीले अध्यक्ष दाहाललाई दिएको पत्र अध्ययनका लागि सचिवालयका सदस्यहरुलाई वितरण गरिएको बताइएको छ ।

Logo