काठमाडौँ
चैत पहिलो साता (२ चैतमा) तेस्रोपटक मन्त्रिपरिषद विस्तार गर्दै गर्दा प्रधानमन्त्री केपी शर्मा ओलीले मधेसवादी दल समेत सहभागी हुँदै गरेको सन्देश दिए । "/>

मधेसवादी दलहरु सरकारसँग सशंकित

मधेसवादी दलहरु सरकारसँग सशंकित


काठमाडौँ
चैत पहिलो साता (२ चैतमा) तेस्रोपटक मन्त्रिपरिषद विस्तार गर्दै गर्दा प्रधानमन्त्री केपी शर्मा ओलीले मधेसवादी दल समेत सहभागी हुँदै गरेको सन्देश दिए । ओलीको अभिव्यक्तिलाई पत्याउने गरी विस्तारमा विलम्ब भयो । अन्ततः मन्त्रिपरिषद विस्तार त भयो तर मधेसवादी दल अटाएनन् । मन्त्रिपरिषद विस्तार लगत्तै मधेसवादी दल (राजपा र संघीय फोरम) ले संविधान संशोधनको एजेन्डामा सहमति निकट पुगेको अभिव्यक्ति दिए । संघीय फोरमले बैठक नै बसेर सरकारमा सहभागी हुने निर्णय ग¥यो ।

उसको निर्णयपछि घटनाक्रम नाटकीय रूपमा फेरियो । सरकारले संविधान संशोधनको लिखित प्रतिबद्धता त जनाएन, सरकारमा सहभागी हुन मधेसी दलको सर्त समेत बढ्दै गयो । दुई दल बीचको एजेन्डा र प्राथमिकता बदलिँदै जाँदा सरकारमा सहभागी हुनै लागेका दुई मधेसी दल र सरकारबीच एक सातायता संवाद भएको छैन । एक सातायता उनीहरूबीच कुनै किसिमको छलफल नै भएन । एमाले–माओवादी केन्द्रको वाम गठबन्धनको सरकार तथा राजपा र फोरम नेपालको मधेसवादी गठबन्धन बीच संवाद नहुँदा सरकारले पूर्णता पाउन ढिलाइ मात्र भएको छैन, सरकारको नीति तथा कार्यक्रम समेत प्रभावित हुन थालेको छ । मधेसवादी दलका नेताले संविधान संशोधनमा सरकारसँग लिखित सम्झौता हुनु पर्ने अडान राख्दै आएका छन् ।

संसद्बाट तीन चौथाइको समर्थन पाएको वाम गठबन्धनको सरकारले मधेसवादी दललाई समेत सरकारमा सहभागी गराउने कसरत गरेको थियो । तर मधेसवादी दल राजपा नेपालले संशोधनका साथै जेलमा रहेका आफ्ना सांसद रेशम चौधरीलाई रिहाइ एवं शपथको व्यवस्था हुनु पर्ने अडान प्रधानमन्त्रीसँग गरिरहेको छ । तेस्रोपटक मन्त्रिपरिषद विस्तार गरेका ओली नेतृत्वको सरकार संविधान संशोधनमा लिखित सम्झौता गर्ने कि नगर्ने भन्नेमा अन्योलमा छ । अर्कातर्फ राजपा सांसद चौधरीलाई शपथ नगराउन पनि सरकारलाई दबाब आइरहेको छ । सरकारलाई समर्थन गरेको मधेसवादी दललाई समेत सरकारमा सहभागी गराउने उद्देश्यले सरकारले अझै पूर्णता पाउन सकेको छैन । सरकारले नीति तथा कार्यक्रमका विषयमा समेत औपचारिक रूपमा छलफल सुरु गरेको छैन । अर्कातर्फ तीन मात्र मन्त्री पद खाली भएकाले मधेसवादी दल पनि सरकारसँग सशंकित छन् ।
राजधानीबाट

Logo