कुखुराको जस्तै अण्डा पार्ने बालक

कुखुराको जस्तै अण्डा पार्ने बालक


स्तनपायी जनावरको वर्गमा पर्ने प्राणीहरुले अण्डा नै पदैनन् भन्ने कुरा विज्ञानले पुष्टि गरेको बर्षौ भैसक्यो । बिज्ञानको यही कुरालाई चुनौती दिदै इण्डोनेसियाका एक १४ बर्षिय बालकले पछिल्लो २ बर्षमा २० वटा अण्डा पारेका छन् । उनको यो अवस्था देखेर अस्पतालमा जचाँउन जादा ति बालकले चिकित्सककै अगाडी दुईवटा अण्डा पारेर देखाएपछि सबैतिर ति बालकको चर्चा बढेको छ ।

अक्लम नाम गरेका ति बालकले पछिल्लो दुई बर्षमा २० वटा अण्डा पारे । उनका बुबाका अनुसार सन् २०१६ देखि अक्लमले अण्डा पार्न थालेका हुन् । उनले पारेको अण्डालाई कुनका बुबाले फुटाएर हेर्दा कुनैमा पहेलो भाग भएको त कुनैमा सेतो भाग मात्र भएको पाएको बताए ।
अक्लमको यस्तो किसिमको क्रियाकलाप देखिएपछि उनलाई स्थानिय अस्पतालमा लगेर परिक्षण गर्दा उनको एक्सरेमा शरीर भित्र अण्डा देखिएको थियो । उनले
चिकित्सकहरुकै अगाडी दुई वटा अण्डा पारेर देखाएका थिए ।

चिकित्सा विज्ञानको क्षेत्रमा यस्तो किसिमको घटना हुनै नसक्ने हुनाले चिकित्सकहरुले पनि आफ्नै आँखा अगाडी अक्लमले अण्डा पारेपनि पत्याउन भने सकेनन् । चिकित्सकहरुले उनले अण्डा मलद्धारवाट हालेर पारेको हो की भन्ने आशंका गरेका छन् । यदी उनले साँच्चिकै अण्डा पारेकै हो भने घरको लागि भने राम्रो ब्रेकफाष्ट हुने पक्का रहेको छ ।

Logo