लहान
सुन्दा पनि अच्चम लाग्छ तर यथार्थ हो । बिहे गरेर घर भित्र्याएकै दिन बेहुलीले बच्चा जन्माइन् । यो सिरहा सुखिपुर नगरपालिका ४ को घटना हो। "/>

यस्तो पनि हुन्छ समाजमा : बिहेकै रात छोरा जन्मियो !

यस्तो पनि हुन्छ समाजमा : बिहेकै रात छोरा जन्मियो !


लहान
सुन्दा पनि अच्चम लाग्छ तर यथार्थ हो । बिहे गरेर घर भित्र्याएकै दिन बेहुलीले बच्चा जन्माइन् । यो सिरहा सुखिपुर नगरपालिका ४ को घटना हो। स्थानीय उमेश मोचीले बिहे गरेर घर ल्याएकै दिन दुलहीले बच्चा जन्माइन् । यो घटना अहिले चर्चाको विषय बनेको छ । उमेशले बरियारपटी गाउँपालिका ३ शिवनगरकी शोभा रामसँग माघ २५ मा जन्ती लगेर धुमधामका साथ विवाह गरेका हुन् । तर उनले विवाहको हरेक प्रक्रिया पूरा गर्दा पनि दुलही गर्भवती रहेको थाहा पाएनन् । बिवाहकै रात दुलहीले छोरा जन्माइन् । त्यसपछि उनी आश्चर्यमा परे ।

केटाले पहिल्यै देखि प्रेम गरेको र बिहे गरेको केही महिनामै सन्तान जन्मिएका घटना थुप्रै छन् । अझ कतिपयले त सन्तान भएपछि विवाह गरेका घटना पनि समाजमा देखिन्छन् । तर उमेश भने ठूलो फन्दामा परे । उनले बिहे गरेकी केटीसँग प्रेम पनि गरेका थिएनन् । तर बिहे गरेर घर भित्र्याएकै दिन दुलहीले बच्चा जन्माएपछि गाउँमा मात्र होइन् देश विदेशमा चर्चा चुलिएको छ । यो घटनाले उमेशका परिवार लज्जित बनेको स्थानीय एक युवकले बताए। उनका अनुसार उमेश लाजले घरबाट निस्कन समेत मानेका छैन् । बिहे गरेर घरमा भित्रिएकै दिन बच्चा जन्माएकी शोभा भने समस्यामा परेकी छन् । उनलाई श्रीमानले नराख्ने भनेपछि समाजले बिहेकै भोलिपल्ट माघ २७ गते माइत पठाएका छन् । शोभा घर फिर्ता भएपछि समाज तनावमा परेको स्थानीय नथुनी रामले बताए । उनले भने, ‘युवती हेरेर बिहे भयो । तर कसैले थाहा पाएन । यो नै आश्चर्यको कुरा हो।’

उनले भने, ‘शोभासँग सोधपुछ गर्दा परोसी युवक उमेशसँग प्रेम गरेको र उनीसँगै यौन सम्बन्ध राख्दा गर्भ बसेको बताइन् । त्यसपछि अहिले शोभालाई उमेशको घर पठाएका छन् ।’ उनले युवतीले जो युवकसँग प्रेम गरेका थिए, ति युवक साउदी पुगेका कारण समस्या सिर्जना भएको बताए । प्रेम गरेर गर्भवती बनाएका युवक उमेशले आफूले आएपछि बिहे गर्ने भनेर फोनमा प्रतिबद्धता समेत जनाएको उनले बताए । प्रेम गरेर गर्भ बसालेका उमेशका बुबा राजकुमार मोची र शोभाका बुवा रामवली रामले ठूलो गल्ती गरेको निष्कर्ष निकाल्दै समाजले दुबै जनालाई जरिवाना गरेका छन् । युवतीका बुबासँग २ लाख ५० हजार र गर्भवती बनाएका युवकका बुबासँग २ लाख रुपैयाँ जरिवाना गरेको उनले बताए ।

अन्नपूर्णबाट

Logo