प्रहरीले सिके रावतलाई राख्यो डेरामै नजरबन्द

प्रहरीले सिके रावतलाई राख्यो डेरामै नजरबन्द


सिरहा ।

प्रहरीले सिके रावतलाई डेरामै नजरबन्द राखेको छ । स्वतन्त्र मधेश गठबन्धनका संयोजक डा. सीके राउतलाई जनकपुरस्थित उनकै डेरामा प्रहरीले नजरबन्द गरी राखेको हो । मधेश आन्दोलन सुरु भएको दिन उनले गर्न सक्ने राष्ट्रविखन्डनको गतिविधिलाई मध्यनजर गरी उनलाई नजरबन्दमा राखिएको प्रहरी स्रोतले जनाएको छ ।

लहानमा राउतका समर्थकहरुले राखेको रक्तदमान कार्यक्रममा प्रहरीले हस्तक्षेप गरेको छ । लहानमा रक्तदान कार्यक्रमको तयारी गरिरहेका बेला राउतका समर्थक बालेश्वर यादबलाई ईलाका प्रहरी कार्यालय लहानले नियन्त्रणमा लिएको छ ।

लहानस्थित शहिद पार्क नजिकै सिके राउतका समर्थकहरुको आयोजनामा रक्तदान कार्यक्रम जारी छ । राउतका समर्थकहरु लहानमा आज स्वतन्त्र मधेसको पक्षमा प्रदर्शन गरिने स्रोतले जनाएको छ । सोही कारण सुरक्षा अवस्था मजबुत पारिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

Skip This
Logo